Nic Ad Nic Ad
Nic Ad Nic Ad
सहकारी ठगी 

गृहमन्त्री रवि लामिछाने भन्छन्– जीबी राईलाई समात्न समय लाग्छ

शनिबार, वैशाख २९, २०८१

काठमाडौं– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगीका मुख्य अभियुक्त भनिएका गितेन्द्रबाबु राई उर्फ जीबीलाई पक्राउ गर्न समय लाग्ने बताएका छन्।

चितवनमा शनिबार पत्रकारसँगको कुराकानीका क्रममा यसअघिको सरकारका पालामा नै जीबी फरार रहेको बताएका थिए। यसको अर्थ उनले सांकेतिक रुपमा अघिल्लो सरकारले भगाएको भन्ने आरोप लगाएका हुन्। 

‘फरार रहेका व्यक्ति अझ भगाईएका व्यक्ति पक्राउ गर्नका लागि समय लाग्छ’, पत्रकारको प्रश्नमा लामिछानेले भने,‘जीबी राई भाग्दा सरकारमा को थियो?’

जीबी राई समूहले सञ्चालन गरेको ग्यालेक्सी टेलिभिजनको कम्पनी गोर्खा मिडियामा सहकारी ठगीको रकम लगानी भएको र त्यसमा गृहमन्त्री लामिछानेको पनि प्रत्यक्ष संलग्नता रहेको भन्दै नेपाली कांग्रेसले संसदीय समितिको माग गरिरहेको छ। 

यहि कारण संसदको बजेट अधिवेशनको पहिलो दिन पनि प्रभावित बनिसकेको छ।
 

प्रकाशित मिति: शनिबार, वैशाख २९, २०८१  १०:३१
प्रतिक्रिया दिनुहोस्