Nic Ad Nic Ad
Nic Ad Nic Ad

एक डीआईजीसहित काठमाडौं परिसर र अपराध अनुसन्धानका प्रमुखको सरुवा, हावी भए ज्ञवाली

शुक्रबार, वैशाख १४, २०८१

काठमाडौं– गृह मन्त्रालयले गण्डकी प्रदेश प्रहरी प्रमुखमा नायव महानिरिक्षक (डीआईजी) दुर्गा सिंहको सरुवा गरेको छ।

यस्तै काठमाडौं जिल्ला प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धानका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी)हरूको पनि सरुवा भएको छ। 

काठमाडौं प्रहरी प्रमुखमा एसएसपी बसन्त रजौरेले जिम्मेवारी पाएका छन्। त्यहाँ रहेका एसएसपी भूपेन्द्र खत्रीको अपराध अनुसन्धान विभाग प्रधान कार्यालयमा सरुवा भएको छ। 

उपत्यका अपराध अनुसन्धान कार्यालयमा भने एसएसपी सानुराम भट्टराईलाई पठाइएको छ भने त्यहाँ रहेका सोमेन्द्रसिंह राठौरलाई पनि प्रधान कार्यालय पठाइएको छ।

समयावधि नपुगी सरुवा गर्नका लागि प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) श्यामलाल ज्ञवालीको भूमिका रहेको बताइन्छ। उनी अहिलेका गृहमन्त्री रवि लामिछानेनिकट रहेका कारण प्रहरीमा हावी भएका छन्। 

विवादमा तानिए पनि लामिछानेले उनलाई सुन प्रकरणको प्रतिवेदनको आडमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को प्रमुख बनाएका थिए। त्यहाँ रहेकी किरण बज्राचार्यलाई प्रधान कार्यालय तानिएको थियो। 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  १३:१९
प्रतिक्रिया दिनुहोस्