एमाले नेता बस्नेतविरुद्ध शोभा पाठकले पेस गरेका कागजात कसरी नक्कली साबित भए?

२०७२ सालमा नै स्थायी बन्ध्याकरण गराएका महेश बस्नेतको गर्भ बस्यो भन्ने दाबी गलत साबित
बुधबार, वैशाख १२, २०८१

काठमाडौं– नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा युवा फाँट इञ्चार्ज महेश बस्नेतविरुद्ध जाहेरी दर्ता नगरेको भनी प्रहरीसमेतलाई विवादमा ल्याउने शोभा पाठकका हरेक दाबी ‘झूठ’ रहेका प्रमाण फेला परेका छन्।

एमालेको राष्ट्रिय युवा संघको केन्द्रीय सदस्य हुँदै नेताहरूसँग हिमचिम बढाएर स्वार्थ पूरा नभएपछि चरित्र हत्यामा अग्रसर हुने पाठकको असली नाम नै जानुका हो। यस प्रकरणमा उनका सबै दाबी गलत मात्र छैनन्, उनको नागरिकता पनि किर्ते रहेको फेला परेको छ।

त्यसो त पाठकले दाबी गरेका प्रमाणले मुद्दा नलाग्ने भनी सरकारी वकिलको कार्यालयले जाहेरी नै तामेलीमा राख्ने निर्णय गरिसकेको छ।

जिल्ल प्रहरी परिसर काठमाडौंले प्राप्त प्रमाणका आधारमा दिएको रायअनुसार सरकारी वकिलको कार्यालयले जाहेरी नै तामेलीमा राखेको हो।

पाठकले एमाले नेता बस्नेतविरुद्ध जिल्ला प्रहरी परिसर टेकुमा २०८० चैत १३ गते ‘भ्रुणहत्या, जवर्जस्ती करणी र डाँका चोरी’ को जाहेरी दिएकी थिइन्। अझ प्रहरीले जाहेरी नलिएको भनी हुलाकमार्फत उनले पठाएकी थिइन्। 

परिसरले २१ दिन लगाएर अध्ययन तथा अनुसन्धान गरेपछि मुद्दा नचल्ने राय सहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा पठाएको थियो।

सरकारी वकिल कार्यालयले २०८१ वैशाख ४ गते मुद्धालाई तामेलीमा राख्ने निर्णय गरेको थियो। सरकारी वकिल कार्यालयले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को परिच्छेद २ को दफा ११ को उपदफा २ बमोजिम तामेलिमा राख्ने निर्णय गरेको जनाएको थियो। 

यी विषयबस्तु भन्दा रोचकचाहिँ दाबी गरिएका प्रमाणमा देखिएको छलकपटीमा रहेको पाइन्छ। 

शोभाले जाहेरीमा आफू र महेश बस्नेत विगत ५ वर्षदेखि लिभिङ टुगेदरमा रहेको साथै २ पटक गर्भपतनसमेत गराएको भनी दाबी गरेकी थिइन्। तर, २०८० बैशाख १४ मा काठमाडौँ जिल्ला अदालतमा कपिल शाहीसँग कानुनी रुपमा वैवाहिक सम्बन्ध कायम गरेको अर्को प्रमाण फेला परेको छ। पहिलो कुरा त्यो गर्भ कसको हो र कसको मञ्जुरीमा भएको हो भन्ने पनि खुल्दैन। 

यसबाहेक मेघा र चरक अस्पतालमा दुई पटक गर्भपतन गराएको भनी शोभाको दाबी थियो। तर, चरक मेमोरियल अस्पतालको मन्जुरीनामा सम्बन्धको पत्रको विषयमा चरक अस्पताललाई पत्राचार गर्दा प्राप्त जवाफ उक्त पत्र अस्पतालबाट जारी नभएको, अस्पतालमा निजको कुनै पनि उपचार नभएको भनी उत्तर दियो। 

चरक अस्पतालको मन्जुरीनामा पत्र नै झुठ्ठा रही जाहेरवाला आफैले तयार गरी समावेश गरेको पाइएको छ। जसले शोभालाई किर्ते कागजात बनाएकोमा उल्टै कारबाही हुनसक्छ। 

मेघा अस्पतालको मिति २०८० चैत २२ गतेको पत्रको जवाफमा अस्पतालको रेकर्ड अनुसार मिति २०८० पौष २६ गतेका दिन पाठक गरेको व्यक्ति अस्पतालको आकस्मिक विभागमा आई उपचार गराई विभिन्न किसिमको ल्याव टेस्ट गराएको र ज्वरो आएको बाहेक अन्य कुनै खास किसिमको रोग नदेखिएको भन्ने चिकित्सकको रिपोर्टले देखियो। 

यसमा पनि शोभाले गलत कागजात तयार पारेको ठहर हुन्छ। उक्त अस्पतालमा गर्भपतन गराएको भनि गरिएको दावी झुटा, कपोकल्पित तथा भ्रमपूर्ण रहेको पत्र अस्तालले प्रहरीलाई पठाएको छ।

झनै रोचकचाहिँ महेश बस्नेतको गर्भ रहेको र भ्रुण हत्या गरेको भन्ने दाबीमा देखिएको छ। महेश बस्नेतले २०७२ पौष २६ गते नै स्थायी बन्ध्याकरण गरेको भन्ने भक्तपुर अस्पतालको मिति २०८० चैत २७ गतेको पत्र जवाफमा आव २०७२–७३ को अस्पतालको मुल दर्ता रेकर्ड अनुसार वर्ष ४१ को महेश बस्नेतले २०७२ पौष २६ गते भक्तपुर अस्पतालमा स्थायी बन्ध्याकरण गरेको देखिएको व्यहोरा प्रमाणीत गरि अस्पतालको मुल दर्ता रजिष्टर समेत पाठाउनु हो।

यसबाहेक प्रहरी वृत नयाँबानेश्वरको २०८० चैत २३ गतेको पत्रको जवाफमा निवेदक पाठक निज बस्ने गरेको सनसाईन अपार्टमेन्टमा २०८० फागुन ८ गते अपरिचित व्यक्तिहरु आई लुटपाट तथा कुटपिट गरेको घटना सम्बन्धमा बानेश्वर प्रहरी परिसरबाट भएको प्रारम्भिक अनुसन्धानको क्रममा भए गरेको कागजातहरु संलग्न राखी पठाइएको छ।

सोही दिन नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको हलमा बसेको र उक्त बैठकमा पार्टीको पोलिटव्युरो सदस्य महेश बस्नेत उपस्थित रहेको व्यहोराको पत्रको हाजिरीको प्रतिलिपी एमाले केन्द्रीय कार्यालयले पठाएको छ। 

जसका आधारमा पाठकले फागुन ८ गते डाँका चोरी वारदातमा निज संलग्न रहेको भनि झुटा दाबी गरेको प्रहरी अनुसन्धानको निष्कर्श रहेको कुरा सरकारी वकिलको कार्यालयको निर्णयमा उल्लेख छ।

यति मात्र होइन शोभाले मंसिर ७, ८ र ९ गते बस्नेतले आफूलाई सनसाईन अपार्टमेन्टमा राखेको र मनोबैज्ञानिक समस्या भएको कारणले सो दिनहरुमा ७ र ८ गते अनमोल बस्नेत र ९ गते सञ्जिव कुमार झाले अपार्टमेन्टमा कुरेको भनी अर्को दाबी गरेकी थिइन्। 

गरेको सन्दर्भमा अनमोल बस्नेत मंसिर ७ गते युवा संघको कार्यक्रममा सहभागी भई बुद्ध एयरलाइन्सबाट पोखरा गई ९ गते फर्किएको देखिन्छ। सो विषयमा बुद्ध एयरको २०८० चैत २५ गतेको पत्रको जवाफ अनुसार अनमोल बस्नेत टिकट नं. १८४७११९० बाट सन् २३ नोभेम्बर २०२३ (मिति २०८०–८–७ गते १५ः५०० काठमाडौँदेखी पोखरा र टिकेट नं.१८४७१२५० बाट सन् २५ नोभेम्बर २०२३ (मिति २०८०–८–९ गते) पोखरादेखि काठमाडौँको गन्तव्यको लागि उडान गरेको देखिन आएको प्रमाण पठाएको छ। 

९ गते सञ्जिव झासमेत यति एयरलाइन्सको ११ः३० को फ्लाईटबाट काठमाडौँबाट जनकपुर गएका देखिएको छ। सो मितिमा २०८० चैत २५ गतेको पत्रको जवाफमा कम्पनीको रेकर्ड अनुसार सञ्जिव कुमार झाले खल्ति एप्सबाट यति एयरलाईन्सको टिकट नं. ९९९२१०८०९७१३४ काटी सन् २५ नोभेम्बर २०२३ –मिति (२०८०–८–९) गतेका दिन ११ः३० बजे नेकपा (एमाले) पार्टीको परिचयपत्र देखाई वाईटी ५७१ फ्लाईट नम्बर मार्फत काठमाडौँबाट जनकपुर यात्रा गरेको देखिन्छ। 

जसमा जाहेरीकर्ताले ७ र ८ गते अनमोल बस्नेत र ९ गते संञ्जिव झालाई अपार्टमेन्टमा कुरुवा राखेको भनी जोहेरी दरखास्तमा झठो ठहरिएकोले रिट निवेदन तामेलिमा राख्ने निर्णय भनिएको छ ।

युट्युवर मनोज मानवले सार्वजनिक गरेको शोभा पाठक र महेश बस्नेतको टिकटकमा शोभाले नै साईवर व्युरोमा दिएको उजुरीमा आफ्नो भिडिओमा आएको दृष्य जस्तो सम्बन्ध नभएको उल्लेख गरेकी थिइन्। 

मनोजले इडिट गरी भिडियो बनाएको भन्दै कारवाहीको माग गर्दै उजुरी दिएकी थिइन्। सोही उजुरीको आधारमा साइवर व्युरोले मनोजलाई कारवाही समेत गरेको थियो। उक्त भिडियो एआईको माध्यमबाट इडिट गरी चरित्र हत्या गरिएको प्रमाणीत भएको थियो।

शोभाले तीन जनासँग विवाह गरेकी छन्। उनको दोस्रो पतिसँग अहिले पनि सम्बन्ध विच्छेद भएको छैन। 

सम्बन्ध विच्छेद समेत नगरेकी पाठकले ज्वालामुखी गाउँपालिका वडा नं. ७ बाट आफू कुमारी भएको पत्र समेत लिएकी छन् भने २०४३ सालको जन्ममिति भएको सरकारी ढड्डा भएता पनि उनको नागरिकतामा २०४९ सालको रहेको छ । जसबाट नागरिकतासमेत किर्ते गरेको पाइन्छ।

शोभाले विभिन्न व्यक्तिसँगको सन्निकटता राखेका अडिओ संवाद सामाजिक सञ्जालमा ब्यापक पनि भएका थिए। यति मात्र होइन युट्युवर मनोज मानवसँग छाडा शव्दमा बाझाबाझ गरेका अडिओ रेकर्ड पनि सामाजिक सञ्जालमा सार्वजनिक भएका थिए। 

अहिले बस्नेत मात्र नभएर शोभा नेकपा एमालेको विरोधमा नै सक्रिय रहेकी छन्। उनले सामाजिक सञ्जालमा आएर एमालेविरुद्ध अफवाह फैलाउन थालेकी छन्। 
 

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  ११:२२
प्रतिक्रिया दिनुहोस्