कलाकार दिपकराज गिरीको समूहलाई प्रहरीले बोलायो, निर्देशक बिसीले हालेका थिए उजुरी

बिहीबार, वैशाख ६, २०८१

काठमाडौं– कलाकार दिपकराज गिरीसहितको समूहलाई प्रहरीले बोलाएर सोधपुछ गरेको छ। 

छक्कापञ्जा ४ का निर्माता रहेका गिरीसहितको टोलीलाई बोलाएर सम्झौताअनुसार २५ प्रतिशत शेयर नपाएको निर्देशक हेमराज बिसीको उजुरीको आधारमा सोधपुछ गरिएको प्रहरी स्रोतले जनाएको छ। 

अमेरिकामा रहेका बिसीले इमेलमार्फत उजुरी पठाएका थिए। तर प्रहरीकहाँ गिरीलगायतको समूहले बिसीको दाबी गलत रहेको बताएका थिए। 

उनले निर्देशक बिसीलाई नेपालमा आएर बहस गर्नका लागि चुनौती दिएका खबर आएका छन्। गिरीले नेपाली फिल्म उद्योगमा नै ६५ लाख रुपैंया पारिश्रमिकमा निर्देशक विसीलाई अनुबन्धन गरेको समेत दाबी गरेका विवरण आएका छन्।
 

प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  १४:३१
प्रतिक्रिया दिनुहोस्
थप समाचार