नेभिगेशन
ब्लग

सिभिल अस्पतालबारे स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई एउटा पत्र

माननीय स्वास्थ्यमन्त्री प्रदीप पौडेल ज्यू, 

सिभिल अस्पताल बनेश्वरको सेवा विस्तारको आवश्यक देखियो। 

नमस्कार! म बनेश्वर निवासी एक जागरूक नागरिक हुँ। 

आज एक जना पत्रकार मित्रबाट हजुरको मोबाइल नम्बर प्राप्त गरी यो सुझाव पठाउने साहस गरेको छु। 

किनभने, सिभिल अस्पताल बनेश्वरमा हाल लागू ‘एक दिनमा २० जना बिरामी मात्र चेक गर्ने’ नियमले गम्भीर समस्या उत्पन्न गरेको छ। म आफैं यसको साक्षी भएकोले हजुरसमक्ष यथार्थ रूपमा राख्न चाहन्छु।

दैनिक २० बिरामीको सीमा लागू हुँदा, बिहान ५–६ बजेदेखि नै लामो लाइन लाग्छ।  

३–४ घण्टा लाममा बसेपछि पनि कोटा सकिएको भन्दै हजारबढी बिरामी (विशेषगरी ज्येष्ठ नागरिक महिला, गरिब) उपचार नपाई घर फर्कन बाध्य हुन्छन्।  

लाममा लागेका नाजुक अवस्थाका बिरामीहरू अलपत्र हुँदा स्वास्थ्य झनै बिग्रने घटनाहरू छन्।  

भीड, गर्मी र असुविधाले अवस्था झन् गम्भीर हुन्छ।  

अस्पताल प्रति गुनासो बढेको छ। ‘यो अस्पताल केवल नाममात्रको हो?’ भन्ने अविश्वास फैलिएको छ। 

निजामति कर्मचारीलाई सर्वसुलभ र ग्राहयता दिने तर अन्य नागरिकलाई भने नदिने अवस्थाले यो अस्पतालले जनताको स्वास्थ्यप्रतिको जिम्मेवारीतालाई नजरअन्दाज गरेको अनुभूति हुन्छ। 

कर्मचारीको कार्डका कारण छुट हुने तर आम सर्वसाधरण गरिब र विपन्नका लागि भने सीमित कोटाको उपचार सेवाले जनउत्तरदायी विषय बन्दैन। 

कर्मचारीले त निजी अस्पतालमा पनि राम्रो खर्च गरेर उपचार गर्न सक्ने अवस्था हुन्छ। त्यसका निम्ति सरकारले कर्मचारीलाई स्वास्थ्य उपचार खर्च पनि दिएको होला, त्यसले नपुगे थप गर्दा हुनेछ तर आम साधारणका निम्ति भने सिभिल अस्पताललाई उत्तरदायी बनाउने कामले मात्र एउटा सफल मन्त्रीको उदाहरण पेश गर्न सकिएला भन्ने सुझाव छ। 

हालको सेवाका हकमा पनि सिभिल अस्पतालका बारेमा केही सुधार आवश्यक छन्। आवश्यक चिजको परिपूर्ती गरी जनसेवामा तल्लिन हुनु उपयुक्त हुने म जस्ता सर्वसाधारणलाई लाग्छ। 

कोटा प्रणाली सुधारमा आवश्यक देखियो।  

दैनिक बिरामी सीमा कम्तिमा ५० जनासम्म बढाउनुहोस्।  

आपतकालीन (इमरजेनसी) बिरामीको लागि छुट्टै कोटा राख्ने व्यवस्था गर्नुहोस्।  

हाल १–२ जना डाक्टरले धेरै बिरामी सेवा गर्न असमर्थ छन्। अतिरिक्त डाक्टर र स्वास्थ्यकर्मी नियुक्त गर्नुहोस्।

मोबाइल एप वा फोनबाट अपोइन्टमेन्ट दिने प्रणाली सुरू गर्नुहोस्। यसले लाइन घटाउँदै बिरामीलाई समय दिन सक्छ।  

अस्पतालको भौतिक क्षमता बढाएर अधिक बेड, प्रतीक्षालय र फार्मेसी सेवा थप्नुहोस्।  

स्वास्थ्य मन्त्रालयबाट अचानक निरीक्षण टोली पठाएर सेवा गुणस्तर र कोटा कार्यान्वयन मोनिटर गर्नुहोस्।  

मन्त्री ज्यू, यो अस्पताल बनेश्वर क्षेत्रका लाखौं जनताका लागि जीवनरक्षक आधार हो। ‘२० बिरामी पछि घर फर्कनू’ भन्ने नियमले स्वास्थ्य अधिकारको उल्लंघन हुन्छ।

तुरुन्त हस्तक्षेपले यहाँका गरिब, वृद्ध र असहाय बिरामीहरूको ज्यान बचाउन सक्छ।  

सम्झौताहीन विश्वास राख्छु कि तपाईँले यस समस्यामा तत्काल सम्बोधन गर्नुहुनेछ। 

यो सुझाव स्थानीय बिरामीहरूको कराउ हो, जसलाई स्वास्थ्य मन्त्रालयले अनदेखा र अनसुना गर्न पनि मिल्दैन। 

तुलसी उप्रेती 
बनेश्वर निवासी, एक चिन्तित नागरिक  
सम्पर्क नम्बर – ९८५२०८३७३०

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्