टिप्पणी 

हाइप्रोफाइलकी ‘मोनिका’ पहिले जानुका अहिले शोभा

शनिबार, वैशाख १, २०८१

काठमाडौं– प्रष्टोक्तिः यीनको तस्बिर राख्नु किन आपत्ति छैन भने, यीनले आफैं सामाजिक सञ्जालदेखि मिडियासम्म प्रायःको हुर्मत लिनका लागि कुनै कसर बाँकी राखेकी छैनन्। 

तपाईहरूले ‘मोनिका’को नाम चर्चामा केही बर्षअघि सुन्नुभयो होला। 

ति मोनिका अर्थात् अमेरिकी तत्कालिन राष्ट्रपति विल क्लिन्टनसँगको अफेयरका कारण चर्चामा थिइन्। 

उनको सचिवालयमा रहेकी अझ भनौं, स्वकीय सचिव नै रहेकी मोनिकासँगको सम्बन्धका कारण बदनाम भए क्लिन्टन। 
उनको पारिवारिक मात्र होइन, अमेरिकी मात्र होइन विश्व राजनीति नै केही महिनामा ध्वस्त भयो। जबकि, उनी जस्ता लोयल राष्ट्रपति अमेरिकाले सायदै पाउने थियो। 

तर मोनिका प्रेससम्बन्धी जानकार र एउटा विज्ञता हासिल गरेकी युवती थिइन्। 

तर यहाँ जसको चर्चा गर्दैछु, ति मोनिकाको हैसियतमा दाँज्नका लागि कुनै पनि कोणबाट उपयुक्त पात्र त होइनन्। तथापि, घटनाक्रमलाई लिन सकिन्छ। 

उनी हाई प्रोफाइलका लागि एक ‘मोनिका’ बन्ने कोशिशमा रहिन्। 

जानुका पाठक उर्फ, अहिले सामाजिक सञ्जालमा चर्चित शोभा पाठक। 

यहाँ नाम उल्लेख गर्न पनि पत्रकारिताको मर्मले किन आपत्ति हुँदैन भने उनी आफैं सार्वजनिक सरोकार राख्दै राती राती लाइभमा आएर, अन्तरवार्ताका नाममा हुर्मत लिने टिप्पणीमा उत्रिएको पाइन्छ। 

हो, एमाले युवा नेता तथा युवा फाँट इञ्चार्ज महेश बस्नेतविरुद्ध अहिले उनी हात धोएर मात्र होएन, नुहाएर नै लागेकी छन्। 
बस्नेत मन्त्री हुँदा सचिवालयमा बसेर अनेक ‘डिल’ गरेकी उनी यसरी लागि परेका कयन प्रमाण फेला परेका छन्। 
त्यसअघि उनले गरेका हर्कतका विषयमा चर्चा गरौं, अनि निचोडमा पुगौं। 

एकपछि अर्को व्यक्तिसँग नाम जोड्दै चर्चामा आउन खोज्ने धादिङ जिल्ला ज्वालामुखी गाउँपालिका– ७ निवासी जानुका पाठक उर्फ ३१ वर्षीया शोभाले हालसम्म चौथोपटकसम्म बिहे गरिसकेको भन्ने प्रमाणसहित समाचारमा आए। 

उनले विभिन्न व्यवसायी, राजनीतिक दलका नेता तथा सुरक्षाकर्मीसहित विशिष्ट व्यक्तिहरुसँगको सम्बन्ध सार्वजनिक गरिरहेकी छन्। त्यतिमात्र होइन, उनले कयौंसँग उठबस गर्दैै बार्गेनिङ तथा ब्ल्याकमेलिङ गर्नेसम्मका घटना सतहमा आएका छन्।

शोभाले सम्बन्ध राखेर कसै–कसैबाट मोटो रकम तथा जग्गा जमिन आफ्नो नाममा ल्याउने गरेको पाइएको छ।
शोभाले कानुनको दुरुपयोग गर्दै जवरजस्ती करणीको चारवटा मुद्धासमेत दर्ता गरेको बुझिएको छ। बेलाबखत शोभाले सो सम्बन्धि मिडियामासमेत बोल्ने गरेकी छन्। 

शोभाले विषेशगरी पैसा र पावर भएका व्यक्तिसँग चिनजान हुनसाथ मदिरा सेवन गर्ने, अश्लिल शब्दहरु बोल्ने र त्यसलाई आफैं रेकर्ड गरी ट्र्यापमा पार्ने गरेको अडियोहरु आएका छन्। 

मदिराले लठ्ठ भएर परपुरुषसँग गरेका कुराकानीका अडियो त सामाजिक सञ्जालमा नै छारस्ट भइसकेका छन्। 

त्यसको लिंक यहाँ छ। 

धादिङ ज्वालामुखी गाउँपालिका वडा नं. ७ स्थायी वसोवास भएकी जानुका पाठक उर्फ ‘शोभा’ले २०६४ सालतिर स्कुल पढ्दापढ्दै परिवारको सहमतिबिना नै भागेर खेम छत्कुलीसँग प्रेम विवाह गरेकी थिइन्। उनीबाट एक छोरा जन्मिएको केही वर्षपछि छोराको भविष्य उज्वल बनाउने सपना बोकी छत्कुली विदेश गएका थिए। त्यसपछि जानुका पाठक (शोभा) बच्चालाई राम्रो स्कुल पढाउने बहानामा धादिङवेसीमा शिवराम भण्डारीको घरमा भाडामा बस्न पुगिन्।

काठमाडौँमासमेत घर भएका व्यवसायी उनको घरधनी शिवराम भण्डारीलाई मायाँजालमा पारी शारीरिक सम्बन्धमा रहेको भिडियो, अडियो रेकर्ड गर्दै उनलाई विभिन्न प्रकारका ब्ल्याकमेल गर्न थालेको समाचारमा आयो। 

धादिङ प्रहरी चौकीमा करणी मुद्धा दर्ता गरी मेलमिलाप गर्न खोज्दा एक करोड दिए मिल्छु नत्र मलाई कान्छी श्रीमतीको रुपमा विवाह गर्नुपर्छ भनेपछि घरवेटी शिवराम भण्डारीले घर परिवार मिलाई बाध्य भएर २०७० साल भदौ ११ गते सामाजिक परम्परा अनुसार विवाह गरेता पनि २०७२ साल असार १० गते स्थानीय तहमा विवाह दर्ता गरेकी थिइन्। 

सिवराम भण्डारीसँगको विवाह दर्ताको फोटो बाध्यता र परिस्थितीवश कान्छी श्रीमतीको रुपमा उनलाई व्यवसायी भण्डारीले काठमाडौँस्थित स्वयम्भुको घरमा राखेका थिए। 

शोभाले कहिले नेपाली सेना, नेपाल प्रहरी, राजनीतिक व्यक्ति त कहिले व्यापारिक क्षेत्रका मानिससँग बाक्लो भेटघाट गर्न थालिन्। 
२०७२ सालमा उनका पहिलो श्रीमान् छत्कुलीको सवारी दुर्घटनामा रहस्यमय मृत्यु भयो। उक्त शिलशिलामा उनले आफ्नो छोरालाई वेवास्ता गर्दै हिडेकी थिइन्। 

हाल उनको १३ वर्षे छोरा जेठाजुले पालानपोषण गर्दै आएका छन्। आफूलाई अविवाहित भन्दै पुनः उनले डडेल्धुरा अस्पताल विकास समितिको पूर्वअध्यक्ष लक्ष्मण सिंहसँग पारिवारीक सम्बन्ध बनाएर समस्यामा पारेको अर्को खबर आयो। 
माउन्टेन टेलिभिजनका सञ्चालक राजु कँडेलसँग जोडिन पुगेको र उनको पनि उही हालत पारेको समाचार आए। 

समाचारको लिंक यहाँ छ। 

शोभाको सम्बन्ध नुवाकोटका जीतेन्द्र थापासँग अगाडी बढेको र उनीसँग बन्द कोठामा बसी मदिरा सेवन गर्दै अश्लिल बातचित र हर्कत गरेको अडियो तथा भिडियो माथि नै उल्लेख छ। 

पछिल्लोसमय उनीभन्दा ५ वर्ष कान्छो कालिकोटका २६ वर्षीय कपिल शाहीलाई पनि समस्या पारिन्। २०८० बैशाख १४ गते काठमाडौँ जिल्ला अदालतबाट चौथो विवाह दर्ता गरेको प्रमाण हामीलाई प्राप्त भएको छ। त्यसपश्चात कपिल साहीसँग पनि सम्बन्ध स्थापित हुन सकेन। 

त्यसक्रममा शोभाले कपिलसँग जग्गा तथा मोटो रकम लिई गत मिति २०८० पौस २९ गते सोही अदालतमा पुगेर सम्बन्धविच्छेद गरेकी छिन्। 

यी त उदाहरण मात्र हुन्। अहिले उनी एमाले नेता महेश बस्नेतविरुद्ध मात्र होइन, एमालेविरुद्ध नै खेदो खनेर लागेकी छन्। 

समाजमा अनेक चरित्रका पात्र हुन्छन्। यी तिनै महिला हुन् जो मनोज मानव भन्ने एक जना युट्युवर जो अहिले साइबर क्राइममा थुनामा छन् उसँग पनि मनपरी संवाद र गालीगलौज गरेका अडिओ सार्वजनिक भएका थिए। 

पहुँच र पैसाका लागि युवा संघमा लागि, महिला भएका नाताले नै केन्द्रीय सदस्य भएपछि बस्नेत मन्त्री हुँदा सचिवालयमा बसेकी उनका महत्वकांक्षा धेरै नै चुलिएको देखिन्छ। 

पहिलो प्रश्न, धादिङको सामान्य शोभाको अहिले काठमाडौंमा अपार्टमेन्ट किनेर बस्ने हैसियत कसरी बन्यो? कुन बाटोबाट बन्यो? के उनी उद्योगपति हुन्? व्यावसायी हुन्? 

एमाले नेता र अध्यक्ष केपी ओलीसँग समेत तस्बिर खिचाई त्यसको अनैतिक लाभ लिएको विषयमा छानबिन हुनुपर्छ किन पर्दैन? यी अनैतिक मोनिकाबारे कस्तो धारणा बनाउन सकिन्छ?

 

नोटः यस विषयका अधिक प्रमाण र समाचारलगायतका विषय टिप्पणीकारसँग सुरक्षित छन्। 

प्रकाशित मिति: शनिबार, वैशाख १, २०८१  १२:२५
प्रतिक्रिया दिनुहोस्