२२.७५ अंकले बढ्यो सेयर बजार, ४ कम्पनीमा सकारात्मक सर्किट

आइतबार, चैत २५, २०८०

काठमाडौँ- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज हरियाली देखिएको छ ।

परिसूचक २२ दशमलव ७५ अङ्क अर्थात् एक दशमलव १३ प्रतिशतले बढेर दुई हजार २६ अङ्कमा पुगेको छ ।

आज विभिन्न कम्पनीका एक करोड १२ लाख १० हजार एक सय दुई कित्ता शेयर ६४ हजार दुई सय २१ पटक खरिदबिक्री हुँदा रु चार अर्ब २५ करोड ६६ लाख ७६ हजार तीन सय ३३ दशमलव ५६ मा कारोबार भएका छन् । आजको कारोबारपछि बजार पुँजीकरण रु ३२ खर्ब १३ अर्ब ७६ करोड २२ लाख ३३ हजार चार सय १७ पुगेको छ ।

होटल र पर्यटन समूह र ट्रेडिङ समूहको सूचकमा सामान्य गिरावट देखिए पनि अन्य समूहको सूचकमा भने हरियाली छाएको छ । आज वित्त समूह पाँच दशमलव ९५ प्रतिशत, विकास बैंकको सूचक तीन दशमलव १६ प्रतिशतले उकालो लागेको छ ।

आजको कारोबारमा विभिन्न चार कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा नेपाल फाइनान्स लिमिटेड, पोखरा फाइनान्स लिमिटेड, जानकी फाइनान्स कम्पनी लिमिटेड र गुँरास लघुवित्त वित्तीय संस्था लिमिटेड छन् । मानुसी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  १६:१७
प्रतिक्रिया दिनुहोस्