बिराटनगरमा नोबेल मेडिकल कलेजकी स्टाफ नर्स मृत फेला, हत्या भएको आशंका 

शुक्रबार, चैत २, २०८०

मोरङ– बिराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत सिरहा घर भएकी एक स्टाफ नर्स मृत फेला परेकी छन्। 

चन्द्रीका कुमारी दास नाम खुलेकी नर्स डेराको बाथरुममा मृत फेला परेकी हुन्। शवको प्रकृति हत्या भएको जस्तो देखिएको छ। 

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी अधिकारी घटनास्थल पुगेका छन्। अनुसन्धान जारी रहेको बताइएको छ।
 

प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  १५:२८
प्रतिक्रिया दिनुहोस्