Nic Ad Nic Ad
Nic Ad Nic Ad

सेनाको तीनजना उपरथीलाई दर्ज्यानी चिन्ह प्रदान

आइतबार, फागुन १३, २०८०

काठमाडौँ– प्रधानसेनापति प्रभुराम शर्माले उपरथीमा बढुवा भएका तीन जना सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

सैनिक जङ्गी अड्डामा आइतबार आयोजित कार्यक्रमबीच प्रधानसेनापति शर्माले सुनिल श्रेष्ठ, अनुपजंग थापा र प्रकाश देउजालाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन् ।

पदोन्नतिसँगै उपरथी श्रेष्ठ मध्यपश्चिम पृतनापति, उपरथी थापा राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयको सहसंयोजक र उपरथी देउजा संभाररथी विभागमा नियुक्त भएका छन् । उनीहरू सरकारको यही फागुन ६ गतेको निर्णयअनुसार उपरथीमा पदोन्नति भएका हुन् ।

दर्ज्यानी चिन्ह प्रदान गर्न आयोजित कार्यक्रममा रथीवृन्द, अधिकृतहरूका साथै पदोन्नति भएका रथीवृन्दका परिवारजनको उपस्थिति थियो ।

प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  २१:१२
प्रतिक्रिया दिनुहोस्