Nic Ad Nic Ad
Nic Ad Nic Ad

५९४ किलो गाँजासहित चारजना पक्राउ

बुधबार, फागुन २, २०८०

धनकुटा- साँगुरीगढी गाउँपालिका-६ भेडेटार चोकबाट अवैध लागूऔषध गाँजा करिब ५ सय ९४ किलोसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारत अररिया वतना गाँउ-१ बस्ने ४४ वर्षीय नईम खान, भारत अररिया विहार बस्ने १८ वर्षीय किशोर, भारत अररिया कलियागञ्ज बस्ने ७० वर्षीय लखन महत्तो र मोरङ रंगेली नगरपालिका-७ बस्ने ७० वर्षीय गयानन्द मण्डल रहेका छन् । 

ईलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले मुलघाटदेखि विराटनगरतर्फ जाँदै गरेको को.१ ख ७३२२ नम्बरको डिजेल/पेट्रोल बोक्ने ट्याङकरलाई जाँच गर्ने क्रममा ट्याङकरको बिचको डिब्बा (केल) भित्र लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी ट्याङकरमा सवार उनीहरूलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ । 

प्रकाशित मिति: बुधबार, फागुन २, २०८०  १७:३९
प्रतिक्रिया दिनुहोस्