Nic Ad Nic Ad
Nic Ad Nic Ad

विराटनगरमा भेटिएकाे विष्फोटक पदार्थ सेनाद्वारा डिस्पोज, दुईजना पक्राउ

मंगलबार, फागुन १, २०८०

मोरङ- ईलाम माम्सेबुङ गाउँपालिका-१ गजुरमुखी घर भई काठमाडौं भिमसेनगोला डेरा गरी बस्ने ३८ वर्षीय प्रवीण मिश्र र पाँचथर याङवरक गाउँपालिका-१ बस्ने ३० वर्षीय विपिन अधिकारीलाई विभिन्न विष्फोटक पदार्थसहित  प्रहरीले पक्राउ गरेको छ । 

उनीहरूको साथबाट विष्फोटक पदार्थमा प्रयोग हुने डेटोनेटर ७ थान, १८ फिट ३ ईन्च लम्बाई रहेको डेडकर्ड, सोडा करिब २ केजी, सहयोग रसिद ठेली २ थान तथा विभिन्न कागजात, डिजिटल स्ट्याम्प १ थान, मोबाइल ४ थान, सिम कार्डहरू लगायतका सामान बरामद भएको छ ।

विराटनगर महानगरपालिका-३ स्थित खाली चौरमा प्रेशर कुकर बम जस्तो बस्तु फेला परेकोमा तत्काल जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी टोली खटि गएको र अनुसन्धानको क्रममा उक्त बस्तु राख्न उनीहरूको संलग्नता रहेको खुल्न आएको  छ । उक्त बस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ । 

प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  १७:४८
प्रतिक्रिया दिनुहोस्