Nic Ad Nic Ad
Nic Ad Nic Ad

उद्योगपति अरुण चौधरी पक्राउ

बिहीबार, माघ १८, २०८०

काठमाडौँ - केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उद्योगपति तथा सिजी होल्डिङ्सका अध्यक्ष अरुण चौधरीलाई पक्राउ गरेको छ ।

बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा हिनामिना प्रकरणमा अनुसन्धानका लागि भन्दै प्रहरीले चौधरीलाई काठमाडौंको लाजिम्पाटबाट पक्राउ गरेको हो ।

बाँसबारी छाला जुत्ता कारखानाको जग्गा सम्बन्धी विवादमा अनुसन्धानका लागि उनलाई पक्राउ गरेको सीआईबीका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

छालाजुत्ता कारखानाको १० रोपनी जग्गा सीजी रेसिडेन्सी प्रालिको नाममा नामसारी गरेको घटनामा अनुसन्धानका लागि उनलाई पक्राउ गरेको सीआईबीको भनाइ छ ।

प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  १४:५०
प्रतिक्रिया दिनुहोस्