Nic Ad Nic Ad
Nic Ad Nic Ad
विस्फोटक पदार्थ निष्क्रिय

नेपाली सेनाद्वारा ६५ वटा विस्फोटक पदार्थ निष्क्रिय

शनिबार, माघ १३, २०८०

काठमाडौँ– नेपाली सेनाले ६५ वटा विस्फोटक पदार्थ निष्क्रिय तुल्याएको छ ।

सेनाको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभा परिसरको हेलिप्याड नजिक यही माघ ११ गते भेटिएका ती विस्फोटक पदार्थ निष्क्रिय तुल्याएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

बेवारिसे अवस्थामा भेटिएका ती विस्फोटक पदार्थ विगतका द्वन्द्वकालमा प्रयोग भएको हुनसक्ने सेनाको अनुमान छ । 

सङ्खुवासभा जिल्ला प्रहरी प्रमुख प्रहरी नायब  परीक्षक घनश्याम श्रेष्ठले सरसफाइका क्रममा भेटिएको ती विस्फोटक पदार्थ नेपाली सेनाको सहयोगमा निष्क्रिय तुल्याएको जानकारी दिए ।

प्रकाशित मिति: शनिबार, माघ १३, २०८०  १९:५१
प्रतिक्रिया दिनुहोस्