Nic Ad Nic Ad
Nic Ad Nic Ad
भेपमार्फत सुन तस्करी प्रकरण

राहुल महरालाई थुनामा पठाउने जिल्लाको आदेश उच्च अदालतबाट सदर

बिहीबार, माघ ११, २०८०

काठमाडौँ– उच्च अदालत पाटनले भेपमार्फत भएको सुन तस्करीको मुद्दामा जिल्ला अदालत काठमाडौँको राहुल महरालाई थुनामा पठाउने थुनछेक आदेश सदर गरेको छ । 

samridhi jewllers

न्यायाधीश अञ्जु उप्रेती ढकाल र दीपेन्द्र अधिकारीको आज बसेको संयुक्त इजलासले जिल्ला अदालत काठमाडौँको महरालाई थुनामा पठाउने आदेश सदर गरेको हो ।

उच्च अदालत आजको आदेशसँगै पक्राउ परेका महरा थुनामा नै रहने भएका छन् । अनुसन्धानका क्रममा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल जिल्ला अदालत काठमाडौँको आदेशपछि थुनामै रहेका थिए ।

राहुलमाथि आपराधिक विश्वासघात, भन्सार चोरी पैठारी र संगठित अपराधको अभियोगमा मुद्दा चलेको थियो ।

प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  २०:१५
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार