सेयर बजारमा दाेहाेराे अंककाे गिरावट

बुधबार, माघ ३, २०८०

काठमाडौं- साताको चौथोदिन बुधबार सेयर बजार घटेर बन्द भएको छ । आज नेप्से परिसूचक १२ दशलमव १० अंकले घटेर २,१६३ को विन्दुमा कायम भएको हो ।

बुधबार ६३ कम्पनीको शेयर मुल्य बढेको छ भने १८० कम्पनीको शेयर मुल्य घटेको छ । आज सबैभन्दा धेरै अन्य उपसूचक १ दशलमव ९४ प्रतिशतले बढेको छ । आज दिनभरिमा ३ सय कम्पनीको ३ करोड ३५ लाख २५ हजार ७०२ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ७६ करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

बुधबार सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज ६५ करोड ८४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ३३ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोनापुर मिनरल्सको २९ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै ग्लोबल आइएमई लघुवित्त र नेपाल वेयरहाउजिङ कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । हिमालयन रिइन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका हुन् । गरिमा डिबेञ्चरका इकाईधनीले ९ दशलमव ८९ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै इर्स्टन हाइड्रोपावर र भुगोल इनर्जीका लगानीकर्ताले गुमाएका छन् ।

प्रकाशित मिति: बुधबार, माघ ३, २०८०  १६:४२
प्रतिक्रिया दिनुहोस्