दाङ बस दुर्घटना

दाङ बस दुर्घटना अपडेट : मृतक १२ जनाकै सनाखत 

शनिबार, पुस २८, २०८०

बुटवल– दाङ बस दुर्घटनामा ज्यान गुमाएका १२ जनाकै सनाखत भएको छ ।

गएराति नेपालगन्जबाट काठमाडौँका लागि छुटेको भे १ ख ३९१२ नम्बरको बस दुर्घटनामा ज्यान गुमाउने १ महिलासहित ११ पुरुषको सनाखत भएको हो । 

वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शङ्कर श्रेष्ठका अनुसार अहिले लमही अस्पतालमा शवको पोस्टमार्टम जारी रहेको छ ।  ५ जनाको पोस्टमार्टम भैसकेको उनले बताए ।

नेपालगञ्जबाट काठमाण्डौका लागि छुटेको भे १ ख ३९१२ नम्बरको रात्रि बस गएराति भालुवाङको राप्ती पुलबाट नदीमा खस्दा ६ महिला र १८ जना पुरुष गरी २४ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार चौराहा अस्पताल बुटवलमा ८, मेडिकल कलेज कोहलपुर बाँकेमा १३ र सिटी अस्पताल बुटवलमा एक, राप्ती पोलिक्लिनिक  भालुवाङमा एक, प्रस्तावित भालुवाङ अस्पतालमा एक जना बिरामीको उपचार भइरहेको छ । घाइतेमध्ये ९ जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएकाे छ । 

दुर्घटनामा ज्यान गुमाउनेहरुको नामावली

  • बाँके नेपालगन्ज निवासी ६० वर्षीय कुसुम बस्नेत, 
  • मकवानपुर हेटौँडा निवासी ३९ वर्षीय सौरव विष्ट, 
  • काठमाडौँ चन्द्रागिरी नगरपालिका–१५ निवासी ६५ वर्षीय ताराकान्त पाण्डे, 
  • जुम्ला श्रीढुस्का–९ निवासी ४० वर्षीय मुनबहादुर बस्नेत, 
  • बाँके निवासी ३० वर्षीय रामबहादुर हरिजन, 
  • रुकुम गोतमकोट निवासी २५ वर्षीय दिपक कामी, 
  • भारत विहार निवासी ६७ वर्षीय योगेन्द्र राम, 
  • भारत उत्तर प्रदेश निवासी ३१ वर्षीय अतिकुल्ला खैरे, 
  • बाँके खजुरा–३ खजुरा निवासी २५ वर्षीय सञ्जय केसी, 
  • चितवन भरतपुर महानगरपालिका–२५ निवासी ३५ वर्षीय अनिल खड्का, 
  • भारत निवासी ४५ वर्षीय चेतराम शिल्पकार र 
  • बाँके खजुरा गाउँपालिका–३ निवासी २८ वर्षीय अर्जुन थापा रहेका छन् । 


 

प्रकाशित मिति: शनिबार, पुस २८, २०८०  २१:३६
प्रतिक्रिया दिनुहोस्