पवन चाम्लिङसँगको प्रतिशोधको शिकार बनिन् नेपाली भ्लगर उमा, सिक्किम प्रहरीले पक्राउ गर्नुको कारण

आइतबार, पुस १५, २०८०

काठमाडौंसामाजिक सद्भाव भड्काएको आरोप लगाउँदै भारतको सिक्किम सरकारले नेपाली भ्लगर उमा राईलाई पक्राउ गरी अनुसन्धान थालेको छ। दिनको अनुसन्धान म्याद थपेर राईमाथि छानबिन गरिरहेको विभिन्न समाचार माध्यमले जनाएका छन्।

सिक्किम सरकारले गत २६ डिसेम्बरमा दक्षिण सिक्किमको नाम्चीमा आयोजना गरेको साकेला उत्सवमा सहभागी बन्न सिक्किम पुगेकी खोटाङकी भ्लगर उमा राईलाई गान्तोकबाट पक्राउ गरिएको थियो।

सिक्किमका पूर्वमुख्यमन्त्री पवनकुमार चाम्लिङसँग उमाको राम्रो परिचय छ। पश्चिम सिक्किमको लेक्सेपमा राई समुदायले आयोजना गरेको अर्को साकेला उत्सवको प्रचार गर्दै भिडियो पोस्ट गरेकी थिइन्। त्यसमा सामाजिक सद्भाव भड्काउने प्रचार रहेको सिक्किम सरकारको आरोप छ। हालका मुख्यमन्त्री पीएस गोलेको ठाडो निर्देशनमा उमालाई पक्राउ गरिएको समाचारमा जनाइएका छन्।

सिक्किमको प्रमुख प्रतिपक्षी दल सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) ले सत्तारुढ दलविरुद्ध भ्लगर चाम्लिङलाई प्रयोग गरेको भन्ने आरोप छ। खासमा गोलेले पवन चाम्लिङसँगको प्रतिशोध साँध्नका लागि उमालाई गलत आरोप लगाएर पक्राउ गरिएको पनि बताइन्छ।

उनलाई गैरकानुनी गतिविधि रोकथाम ऐन (यूएपीए) अन्तर्गत मुद्दा दायर गरिएको जनाइएको छ। उमा सामाजिक सञ्जालमा चर्चित लोकप्रिय छिन्।

यसैबीच, सिक्किम प्रोग्रेसिभ युथ फोरमलगायतका संघसंथाले भ्लगर चाम्लिङलाई सिक्किम सरकारले झुटो आरोप लगाएर गिरफ्तार गरेको भन्दै तत्काल रिहा गर्न माग गरेका छन्।

आखिर उमाविरुद्ध सिक्किम सरकारले मुद्दा चलाउनुको खास कारणचाहिँ ठूलो छैन। उनले भिडिओमा भनेकी थिइन्,‘आफ्नो संस्कार संस्कृति हैन आफ्नो पहिचानलाई जोगाउनुको लागि। जोगाउनु पर्छ भनेर अगाडि बढिराखेको छु, नेपालमा। अब सिक्किममा हेरौँ कस्तो भनेर हैन सिक्किममा पनि धेरै किराँत हुनुहुन्छ। आफ्नो साकेला संस्कार संस्कृतिलाई जोगाइ राख्नु भएको भनेको सुनेको हो। अब पर्सी तीस तारिख हेरौँ है कत्तिको क्राउड हुँदो रैछ हैन।

उमाले अगाडि भनेकी थिइन्,‘कत्तिको एक्टिभ हुँदो रहेछ किराँतहरू, राईहरू आफ्नो संस्कार संस्कृतिलाई कत्तिको माया गर्नुहुँदो रैछ सिक्किमवासीहरूले। त्यो पनि हेर्नुपर्यो नि हैन। त्यै भएको कारणले गर्दाखेरि पनि तीस तारिख के भन्छ लेकसाइड आउँदै छु। तपाईँहरू पनि आउनुस् है। मज्जाले घोप्टी घोप्टी हैन साकेला नाच्नुपर्छ गीत गाउँदै। के रे मकै गोएर नजाऊ है कान्छा मलाई छोडेर भनेर चैँ थर्काउने छु हैन। , सँगसँगै भनेको जत्ति पति हुनहुन्छ, किराँत राईहरू हुनुहुन्छ हैन आफ्नो संस्कार संस्कृति आफ्नो पहिचानलाई कहिल्यै पनि दबाउन नदिनुस् हैन। तपाइँहरुलाई रिक्वेस्ट गर्छु।

प्रकाशित मिति: आइतबार, पुस १५, २०८०  १४:०२
प्रतिक्रिया दिनुहोस्
थप समाचार