गौशालाबाट अपहरणमा परेकी बालिकाको भक्तपुरबाट उद्धार, एकजना पक्राउ

बिहीबार, पुस १२, २०८०

काठमाडौँ- काठमाडौँको गौशालाबाट अपहरणमा परेकी बालिकाको भक्तपुरबाट उद्धार गरिएको छ । काठमाडौँ महानगरपालिका–८ स्थित पशुपतिनाथ मन्दिरको १ नम्बर गेटबाट मंगलबार साँझ दुई वर्षीया बालिका हराएकी थिइन् ।

उपत्यका प्रहरी कार्यालयका अनुसार उनलाई भक्तपुरस्थित सूर्यविनायक नगरपालिकास्थित दधिकोटबाटबाट अपहरण मुक्त गरिएको छ । साथै अपहरणमा संलग्न आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

बालिकाका अभिभावकले पशुपतिनाथ मन्दिरको गेटमा चिया पसल चलाउँछन् । उनीहरुले चिया खान आएकाहरूले जबरजस्ती बालिका बोकेर लगेको प्रहरीलाई बताएका छन् ।

घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठडमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  १२:३५
प्रतिक्रिया दिनुहोस्