Nic Ad Nic Ad
Nic Ad Nic Ad
जंगीए सैनिक प्रमूख 

प्रधानसेनापति शर्माले भने जस्तो नेपाली सेनालाई कमजोर बनाउन लागेको तत्व कुन हो?

शुक्रबार, पुस ६, २०८०

काठमाडौंप्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनालाई कमजोर बनाउन सक्रिय रहेको तत्व अझै पनि विवादमा ल्याउने काममा सक्रिय रहेको ठम्याएका छन्।

सेनाको संख्या कटौतीलगायतको बहस चलाएका कतिपय देशी विदेशी शक्तिका प्रतिनिधि यसरी सक्रिय रहेको उनको संकेत थियो। द्रुत मार्गको विषयमा केन्द्रित रहेको विषयमा छलफलका लागि राज्य व्यवस्था समितिमा दुई दिन अघि मात्र जवाफका लागि उपस्थित भएका शर्माले सांसदहरू विषयान्तर भएर प्रश्न गर्न लागेपछि आक्रोशपूर्ण शान्त दुई थरीगेस्चरसहित जवाफमा उत्रिएका थिए।

नेपाली सेनालाई उक्त जिम्मेवारी दिन हुँदैनथ्यो भन्ने धारणा राख्नेहरूले अहिले काममा भइरहेको ढिलाइ त्यसकै परिणाम तर्क अघि सार्दा केही आक्रामक शैलीमा जवाफ दिएका उनले कानुन नै बाधक रहेको टिप्पणी गर्दै सेनाले कुनै माग नगरेको पनि जवाफ दिएका थिए।

तर त्यहिँ नेपाली सेनाका उच्च अधिकारीको उमेर विवादको विषय सांसदहरूले उछालेपछि शर्मा कड्किए। उनको जवाफमा पहिलो पटक रथीका लागि सिफारिस गरिएका ताराध्वज पाण्डेको प्रमाणपत्र विवाद पछि सिफारिस गरिएका अशोक सिग्देलको विषयमा नाजायज चर्चा भएको टिप्पणी गरे। उनले यहि क्रममा बारम्बार सेनालाई विवादमा ल्याउनेहरू सक्रिय रहेको पनि बताएका थिए।

यति मात्र होइन यो विवाद निकाल्नका लागि एउटा गिरोह नै सक्रिय रहेको उनको भनाई थियो। यस हिसाबले प्रधानसेनापति शर्मा रथी बढुवाका विषयमा सतहमा देखाउन खोजिएका विवादप्रति असन्तुष्ट रहेको बुझ्न सकिन्छ।   

संशोधित मिति समेत लेखिएको यो कागज कोसँग , त्यो देखाउन चुनौती दिन्छु, प्रधानसेनापति शर्माले भने, ‘यो सबै सेनाको अभिलेख प्रणाली राम्रो छैन भन्ने तत्वहरूको खेल हो, त्यो पनि भनिदिन्छु, मलाई केही छैन।

यति मात्र होइन उनले सांसदका सामु आफू लोकतान्त्रिक मुलुकको सेनापति रहेको स्मरण गराए।

प्रधानसेनापति यसरी खुलेको झोंक्किएर जवाफ दिएको सम्भवतः पहिलो पटक हुनुपर्छ। शर्माको अवधि आगामी बर्षको भदौमा सकिनेछ। उनी २४ भदौमा प्रधानसेनापति पदबाट सेवा निवृत्त हुँदैछन्।

तत्कालिन प्रधानसेनापति रुक्मांगत कटवालपछिका यीनि आक्रामक जवाफ दिने अधिकारीका रुपमा कतिपय राजनीतिज्ञले बुझेका छन्।सेनाको आफ्नो शैली चरित्र हुन्छ। राज्यसँग उसले खासै केही माग गरेको हुँदैन तर राजनीति घुसाउने कुरामा असहमत हुन पाउँछ, रक्षा विश्लेषकहरू भन्छन्,‘नेपाल प्रहरी सशस्त्र प्रहरीमा जुन प्रकारको राजनीतिक हस्तक्षेप , त्यहि देखाउन खोज्दा सेना प्रमुखले यत्तिको जवाफ दिनु स्वभाविक हो।

सेनाको संख्या धेरै भएको भनी राजनीतिकवृत्तबाट प्रतिनिधि सभामा नै भनिएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद स्वर्णिम वाग्लेले सदनमा नै सेनाको संख्या धेरै भएको भनेपछि नेपाली सेना रुष्ट थियो। तर, पछि विभिन्न फोरममा उपस्थित भएका वाग्लेले आफूले त्यसो भन्न नखोजेको भनी बचाऊ पनि गरेका थिए।

पछिल्लो पटक भने सेनाले बढुवामा सिफारिस गरेका सैन्य अधिकारीबारे विवाद आएको भनी मन्त्रिपरिषदमा नै चर्चा भएपछि भने सेना रुष्ट थियो। रथी बढुवा समितिको सदस्य सचिव प्रधानसेनापति नै हुने गर्छन्। जसको सिफारिस मन्त्रिपरिषदले अनुमोदन गर्नुपर्ने हुन्छ।

प्रकाशित मिति: शुक्रबार, पुस ६, २०८०  १०:२७
प्रतिक्रिया दिनुहोस्