६ बर्षअघि अप्सराको हत्या गर्ने एउटा चोर, अर्को को?

बिहीबार, पुस ५, २०८०

काठमाडौं बर्षअघि अप्सरा उपनाम गरेकी नारायणी तिमल्सिनाको हत्या अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। चोरी मुद्दामा केन्द्रीय कारागारमा सजाय भोगीरहेका धादिङका शिवराज अधिकारी अर्घाखाँचीका जगत बिकलाई पक्राउ गरिएको हो।

विक भारतबाट नेपाल आउने क्रममा बुधबार राती त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) सोमेन्द्रसिंह राठौरले जानकारी दिए।

भूपू सेनासँग बिहे गराइदिने भन्दै अभियुक्तले अप्सरालाई बोलाएका थिए।  २०७४ पुस ३० गते बल्खुस्थित भुवनेश्वरी मन्दिर पछाडि अप्सराको शव फेला परेको थियो। पीडितको जाहेरीका आधारमा खोजी गर्दै जाँदा हत्यामा एक जना चोर अपराधी करार भएका अधिकारी फेला परेको प्रहरीले जनाएको छ।

अप्सरा, अधिकारी विक माछापोखरीमा भेटे, ललितपुरको कुसुन्तीमा पुगेर साँझको खाना खाएका उनीहरु बल्खुको एक मन्दिर पछाडि पुगेका थिए। त्यसक्रममा दुबैले ढुंगाले हानेर अप्सराको हत्या गरी मुन्द्रा नगद निकालेर भागेको अनुसन्धानका क्रममा खुलेको छ।

प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  १३:१२
प्रतिक्रिया दिनुहोस्