प्रहरीमा राजनीतिक हस्तक्षेप

राजा वीरेन्द्रले तत्कालिन गृहमन्त्री गौतमलाई आईजी नहटाउनू भनेका थिए तर टेरेनन्!

सोमबार, पुस २, २०८०

काठमाडौंनेपाल प्रहरीभित्र राजनीतिक हस्तक्षेपको प्रसङ्ग आउनासाथ तत्कालिन गृहमन्त्रीहरू खुमबहादुर खड्का, बामदेव गौतमको नाम अगाडि आउने गर्छ।

प्रहरीमा अहिले पनि राजनीतिक दबाब कम छैन। तर, त्यसको देखिने सुरुआतचाहिँ पूर्वउप्रधानमन्त्री गौतमबाट नै भएको थियो। उनले लोकेन्द्रबहादुर चन्द नेतृत्वको सरकारको गृहमन्त्री भएका बेला तत्कालिन प्रहरी महानिरिक्षक (आईजी) अच्युतकृष्ण खरेललाई गुप्तचर विभागमा सारेर हालका सांसद समेत रहेका ध्रुवबहादुर प्रधानलाई संगठनको जिम्मेवारी दिए।

त्यसअघि गौतमलाई नारायणहिटी दरबारमा डाकेर तत्कालिन राजा वीरेन्द्र शाहले भनेका थिएआईजी नहटाउनू! यस्तो संस्था चलायो भने कमजोर हुन्छ। तर, गौतमले राजाको आदेश समेत नटेरी हटाएको पूर्वआईजी अच्युतकृष्ण खरेलले सम्झिने गरेका छन्।

अघिल्लो बर्ष उनले दिएको एउटा अन्तरवार्तामा भनेका छन्,‘मप्रति राजा वीरेन्द्रको एकदम सद्भाव थियो। मलाई प्रहरी महानिरीक्षकबाट हटाउने कुरा आइरहेको थियो। मैले राजाको दर्शनभेट मागेँ। दर्शनभेटमा राजा आफैँले कुरा उप्काउनु भयो, ‘वामदेव (गृहमन्त्री)ले तिमीलाई हटाउने भन्छ। मैले नहटाउनू भनेको छु।

वीरेन्द्रले यति मात्र भनेका रहेनछन्, तत्कालिन प्रधानमन्त्रीको अक्षमताको विषय पनि उठाएका रहेछन्। राजा वीरेन्द्रले भनेको स्मरण गर्दै खरेलले भनेका छन्,‘त्यो लोकेन्द्रबहादुर चन्द (प्रधानमन्त्री) पनि कस्तो मान्छे? उसलाई रोक्ने काम चन्दको होइन? मैले त त्यस (वामदेव)लाई प्रहरी महानिरीक्षकलाई हटाउनु हुन्न भनेर पठाएको छु। प्रहरी भनेको त संस्था हो नि! यस्ता संस्थाका प्रमुखलाई चलाउनु हुन्न।

Nepal-Police-head-office-1700964886.jpg

राजा वीरेन्द्रको जति पनि अहिलेका नेतामा कुनै पनि प्रकारको विवेक नभएको खरेलले दिएको टिप्पणीले स्पष्ट पार्छ। प्रजातान्त्रिक कालमा हस्तक्षेप सुरु भएको प्रहरी संगठन गणतान्त्रिक कालमा आएपछि त पराकाष्टको स्थितिमा पुगेको छ।

त्यसको उदाहरणका लागि तत्कालिन प्रहरी नायव महानिरिक्ष (डीआईजी) नवराज सिलवाल प्रकरण हो। सिलवाललाई आईजी बनाउनुपर्ने भए पनि तत्कालिन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले कांग्रेस सभापति शेरबहादुर देउवाको दबाबमा जयबहादुर चन्दलाई आईजी बनाउने निर्णय गरेको थियो।

तर सर्वोच्च अदालतले उक्त निर्णय खारेज गरिदियो। पूर्वप्रधानन्यायाधीश सुशीला कार्की आफैंले उक्त मुद्दा हेरेको र केही पार नलाग्ने भएपछि कांग्रेस र माओवादीका सांसदको एक हुल कार्कीविरुद्ध महाअभियोग दर्ता गराउन लागि परेको थियो। र, पछि प्रकाश अर्याल आईजीमा नियुक्त गरिए।

त्यसबेला हदैसम्मको राजनीतिक हस्तक्षेप भयो। देखिनेगरीको हस्तक्षेप भयो। यस्तो स्थितिले प्रहरी संगठन कसरी चल्छ, एक पूर्वआईजी भन्छन्,‘संगठनका प्रमुख चलाउन हुन्न, प्रक्रिया मिच्न हुन्न भन्ने दरबार खराब कि मनपरी ढंगले व्यक्तिगत मनोपोलीमा संस्था सिध्याउने नेता सही भन्ने छुट्याउन कुनै कठिन छैन।

प्रकाशित मिति: सोमबार, पुस २, २०८०  १५:४५
प्रतिक्रिया दिनुहोस्