सदाबहार सुन्दरी

...त्यसैले त करिश्मा

शनिबार, मंसिर २३, २०८०

काठमाडौंनेपाली फिल्म क्षेत्रकी सदाबहार सुन्दरी अभिनेत्री करिश्मा मानन्धरले आफूलाई अझै मेनटेनमा राखेकी छन्।

सहकर्मीहरू गुमनाम भएका बेला उनी भने बेनाम चर्चामा रहँदै आएकी छन्।

जीवनको पूर्वाद्धमा नेपाली सिने जगतमा करिश्मा गरेकी उनी उत्तरार्धको यात्रामा भने अध्ययनदेखि सौन्दर्यतामा पनि करिश्मा गरिरहेकी छन्। त्यसैले पनि नेपाली फिल्म उद्योगमा उनलाई सदाबहार अभिनेत्रीका रुपमा लिने गरिन्छ।

राजनीतिमा पनि उनको यात्रा निरन्तर चलिरहेको छ। खासगरी डा. बाबुराम भट्टराईको नयाँ शक्ति नेपालबाट राजनीतिमा खुट्टो चालेकी करिश्मा पछिल्लो समयमा भने नेकपा एमालेमा छिन्। कहिलेकाहीँ भने उनका भनाईले गसिपका रुप लिने गरेका छन्।

पछिल्लो पटक उनले आफ्नो न्वारनको नाम एमाले चुनाव चिन्हसूर्यसँग मिल्नेगरी सूर्यकुमारी रहेको बयान दिएपछि गसिपमा रहेकी थिइन्। यद्यपि, उृनले फेसन सौन्दर्यतालाई भने कायम राखेकी छन्।

karishma-1702101443.jpg

करिश्मा ९० २० को दशकमा छाएकी अभिनेत्री हुन्। १७ बर्षको उमेरमा सन्तान फिल्मबाट रजतपटमा उत्रिएकी उनी एकछत्र चलिन्।

उनले ७० भन्दा बढी चलचित्रमा अभिनय गरिसकेकी छन्। उनका केही ठूला सफलताहरूमा सन्तान, कस्तुरी, अल्लारे, भाउजू, मनकामना, सपना, बसन्ती, जिन्दगानीलगायत थिए।

प्रकाशित मिति: शनिबार, मंसिर २३, २०८०  ११:४३
प्रतिक्रिया दिनुहोस्