चितवनमा बोराभित्र भेटियो महिला र पुरुषको शव

बुधबार, मंसिर ६, २०८०

चितवन- चितवनमा बोराभित्र महिला र पुरुषको शव फेला परेको छ ।

भरतपुर महानगरपालिका–१२ मिलनचोकमा राजमार्ग नजिकै सडकको पुलमुनि दुईवटा बोरामा महिला र पुरुष शव भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार अन्दाजी ३०–३२ वर्षको उमेरका उनीहरुको शव भेटिएको हो । 

शव दुईवटा बोरामा बाँधेर फालेको अवस्थामा भेटिएको हुँदा शङ्कास्पद भएको उनले बताए । हातखुट्टा बाँधेर बोरामा हालेर फालेको अवस्थामा शव भेटिएको र घटनाको अनुसन्धान सुरु गरिएको प्रवक्ता पण्डितले जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८०  १७:१२
प्रतिक्रिया दिनुहोस्