भूकम्पबारे प्रधानमन्त्रीलाई रवि लामिछानेको १४ सुझाव यस्तो छ ?

बुधबार, कात्तिक २२, २०८०

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर जाजरकोट भूकम्पका बारेमा सरकारले गर्नुपर्ने कामका बारेमा १४ बुँदे लिखित सुझाव दिएका छन् ।

प्रधानमन्त्री प्रचण्डलाई बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेट गरेर लामिछानेले पार्टीका तर्फबाट १४ बुादे सुझाव बुझाएका हुन् । उनी जाजरकोट पुगेर फर्केपछि आज बिहान प्रधानमन्त्रीलाई भेटेर सरकारले गर्नुपर्ने कामका बारेमा सुझाव दिएका रास्वपाले जनाएको छ ।

‘पार्टीको कार्यक्रमका लागि पाल्पामा रहेको भएतापनि भूकम्पको खबर सुन्ने बित्तिकै पूर्व निर्धारित सबै कार्यक्रम स्थगित गरेर पाल्पाबाट हामी सिधै जाजरकोट गएका थियौँ । यस निवेदनमा मैले देखेको भूकम्प प्रभावित क्षेत्रको अवस्था र तत्काल गरिनुपर्ने कार्यको सूची तपाईँसमक्ष राखेको छु’, लामिछानेको निवेदनमा भनिएको छ ।’

लामिछानेले सरकारले प्रभावित क्षेत्रमा चाहिएका सामग्री तत्काल पुर्याउन र गुणस्तरीय त्रिपाल लैजान सुझाव दिएका छन् । यसैगरी भूकम्प प्रभावित जनता, भूकम्प पश्चातको २ दिनमै आफ्नो जोहो गर्न आफैँ संघर्षरत रहेको पाएको भन्दै उनले यसका कारण जनता निराश भएको उल्लेख गरेका छन् । उनले सरकार जनताको अभिभावक भएको स्मरण गराउँदै आम जनसमुदायमा सरकार छ भन्ने प्रत्याभूति गराउन उपयुक्त, कदम चाल्न आग्रह गरेका छन् ।

राहत सामग्री वितरणमा एकरुपता नभएको, राहत प्रशासनमा थुप्रिएपनि प्रभावितले नपाएको, एकद्वार प्रणालीको व्यवस्थापन खराब रहेको भन्दै यसलाई सुधार्न लमिछानेले सरकारको ध्यानाकर्षण गराएका छन् ।

हेनुहोस् लामिछानेले दिएको सुझावको पूर्णपाठ

 

 

प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८०  ११:३३
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार