परस्त्रीसँगको पिरती बन्यो सर्राफ हत्याको कारण, दोस्रो पटकको प्रयासमा छाती र घाँटीमा गोली दागियो

मंगलबार, कात्तिक १४, २०८०

काठमाडौं पररस्त्रीसँगको पिरतीका कारण बाराको कलैयास्थित बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश सर्राफको हत्या भएको निचोडमा प्रहरी पुगेको छ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार अनुसन्धानका क्रममा प्रहरीले नियन्त्रणमा लिएका ६ जनाको बयानले प्रारम्भिक रुपमा यस्तो निचोड निकालेको छ भने अन्य चार जनाको बयान लिने क्रम जारी रहेको छ।

यो हत्या प्रकरणमा १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ, ति मध्य ३ जना भारतीय पेशेबर हत्यारा हुन सक्ने पनि औंल्याइएको छ। प्रहरी उच्च स्रोतले भन्यो,‘हामी शतप्रतिशत हुने क्रममा बयानका केही काम बाँकी छन्।

प्रहरीले पत्रकार सम्मेलन गरी हत्यामा संलग्न रहेकालाई सार्वजनिक गर्ने तयारी समेत गरिसकेको छ। कलैया उपमहानगरपालिका६ का सर्राफमाथि सोमबार १ बजे बजारमै गोली प्रहार भएको थियो।

प्रहरीका अनुसार ५ राउन्ड गोली प्रहार भएको थियो। सर्राफको घाँटी र छातीमा दुई राउन्ड गोली लागेको थियो। उनको उपचारका क्रममा वीरगञ्जस्थित बयोधा अस्पतालमा मृत्यु भयो।

उनीमाथि २ वटा मोटरसाइकलमा आएका समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ।

बारा प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) सुरेश काफ्लेले भने घटनाको विभिन्न कोणबाट अनुुसन्धान हुँदा महिला नै हत्याको मुख्य योजनाकार भएको पाइएको बताए।

प्रहरी नियन्त्रणमा रहेकी महिलासँगको पिरतीका कारण सर्राफको हत्या भएको हो। ति महिलाको अन्यत्र पनि अफेयर रहेका कारण सर्राफमाथि यसअघि नै हत्याको योजना भएको थियो।

उनले पटकपटक धम्की र चेतावनी पाएको विस्तारै खुल्न थालेको छ। गएको साउन महिनामा नै उनको हत्या योजना बनेको अभियुक्तहरूले प्रहरीमा बयान दिएको उच्च स्रोतको दाबी छ।

त्यो बेला प्रहरीमा सर्राफले खबर नगरेका कारण उनीमाथि दोस्रो पटक हमला हुँदा ज्यान गएको प्रहरीको निष्कर्श छ।

विवाहित सर्राफको श्रीमती, एक छोरा र एक छोरी छन्। सर्राफ लामो समयदेखि महिलासँग गहिरो सम्बन्धमा रहेको पाइएको प्रहरीले बतायो। यही सम्बन्धमा खटपट सुरु भएपछि सर्राफको हत्या योजना बुनेको पाइएको हो।

यसअघि एक होटेलमा सर्राफको हत्या गर्न खोजिएको थियो । तर, उनी उम्कन सफल भएका थिए।

सर्राफसँग प्रेममा रहेकी महिलाको अर्को एक पुरुषसँग पनि सम्बन्ध रहेको प्रहरीले पत्तो लगाएको छ। ती पुरुषले पटकपटक सर्राफलाई प्रेमिकासँगको सम्बन्ध तोड्न चेतावनी दिँदै आएका थिए।

सर्राफले सम्बन्ध तोड्न नमानेपछि हत्याको योजना बुनेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  ११:०९
प्रतिक्रिया दिनुहोस्