Nic Ad Nic Ad
Nic Ad Nic Ad
प्यालेस्टाइनी–इजरायल युद्ध

इजरायलको बंकरमा लुकेका विद्यार्थीसँग प्रधानमन्त्रीको फोन– सुरक्षित बस्नुस्, बिमान पठाउँछु

सोमबार, असोज २२, २०८०

काठमाडौंइजरायलको बंकरमा त्रसित अवस्थामा बसेका नेपाली विद्यार्थीसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फोनमा कुराकानी गरेका छन्।

सेदोत नेगेभस्थित बंकरमा रहेका नेपाली विद्यार्थीलाई प्रधानमन्त्री प्रचण्डले फोन गरेर सुरक्षित बस्नका लागि आग्रह गर्दै विमान पठाउने आश्वासन दिएका छन्।

नारायणपुरका विपिन सुवेदीलाई उदृत गर्दै विभिन्न मिडियाले प्रधानमन्त्री प्रचण्डले गरेको आग्रहबारेका समाचार प्रकाशित छन्।

प्रधानमन्त्रीलाई विपिन र साथीहरुले आफूहरुलाई यो बेला शीघ्र नेपाल फर्कने चाहना बाहेक अरु केही नचाहिएको भन्दै सरकारसमक्ष गुहार मागेको पनि बताए।

सो क्रममा परराष्ट्रमन्त्री एनपी साउदले पनि कुराकानी गरेका थिए।

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारलाई विद्यार्थीको उद्दार गर्नका लागि भनेका थिए। यस्तै एमालेले पनि उद्धारका लागि चाँडो कदम चाल्न सरकारसँग माग गरेको थियो।

प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  १६:१४
प्रतिक्रिया दिनुहोस्