यस्तो हो ‘साइको किलर’ भण्डारीमाथि प्रहरीले गरेको ‘ब्रेन म्यापिङ’ अनुसन्धान

आइतबार, असोज २१, २०८०

काठमाडौं गैरीगाउँस्थित एक सःमिलमा चार जनाको हत्या गरेको स्वीकार गरेका अभियुक्त सञ्जय भण्डारीका अनेक बयानबाजीले अनुसन्धानमा सकस भएपछि प्रहरीले नयाँ प्रविधिको प्रयोग गरेको छ।

दर्दनाक र कारुणिक हत्या गरेका भण्डारीले अन्य ठाउँमा पनि हत्या गरेको दाबी गरेपछि त्यसको क्लुका लागि पनि ब्रेन म्यापिङ प्रविधि अपनाउनु परेको प्रहरी अधिकारी बताउँछन्।

३१ भदौमा पक्राउ गरिएका भण्डारीले काठमाडौँमा अन्य ३ ठाउँ र सिन्धुपाल्चोकमा एक ठाउँमा हत्या गरेका जिकिर गरेपछि प्रहरी हैरान भएको थियो। जगन्नाथ देवलस्थित केन्द्रीय कारागारमा उनको ब्रेन म्यापिङ गरिएको बताइन्छ।

क्रुर र कहालीलाग्दो हत्याको अभियुक्त भण्डारीमा नै ब्रेन म्यापिङ प्रविधि पहिलो पटक प्रयोग गरिएको छ। नेपाल प्रहरीका लागि यो नौलो प्रयोग पनि हो।

स्वास्थ्य मन्त्रालयले केन्द्रीय कारागारमा मनोचिकित्सकको टिम सहित ब्रेन म्यापिङ केन्द्र स्थापना गरेको छ।

ब्रेन म्यापिङबाट आरोपितको मानसिक अवस्थाको बारेमा थाहा हुन्छ। पोलिग्राफ गराउन सम्भव नभएपछि प्रहरीले उनको ब्रेन म्यापिङ गरेको हो।

बोल्नै नसक्ने भण्डारी लेखेर जवाफ दिन्छन्। प्रहरीले दोभाषेको प्रयो पनि कति धेरै गरिसकेको थियो।

नवीन राई, कुमार भुजेल, सुभद्रा भुजेल र अम्बिका भुजेलको हत्या गरेको अभियोग स्वीकारेका छन्। सिन्धुपाल्चोकको बाह्रबिसे घर भएका सञ्जय जन्मजात नै बोल्न सक्दैन थिए।

उनीमाथि प्रयोग गरिएको अनुसन्धानको नयाँ प्रविधि ब्रेन म्यापिङ के हो?

पछिल्ला दुई दशकहरूमा, ‘ब्रेन इलेक्ट्रिकल ओसिलेसन सिग्नेचर (बीईओएस) प्रोफाइलिङ जसलाई ब्रेनम्यापिङ वा ब्रेन फिंगरप्रिन्टिङ पनि भनिन्छ। यो एक फोरेन्सिक उपकरण हो जसले ग्रे पदार्थभित्र आपराधिक गोप्य कुराहरू खोल्न सहयोग गर्दछ।

भारतका लागि बैंगलोरको नेशनल इन्स्टिच्युट अफ मेन्टल हेल्थ एण्ड न्युरोसाइन्सेसका न्यूरोसाइन्टिस्ट सीआर मुकुन्दनले विकास गरेको यो गैरआक्रमणकारी प्रविधि हो। जसले मस्तिष्कबाट विद्युतीय संकेतहरू प्रयोग गर्छ। महाराष्ट्र र गुजरात जस्ता राज्यहरूमा सन् २०००को मध्यदेखि प्रयोग भइरहेको छ।

अपराधमा संदिग्धको संलग्नताको खोजका लागि प्रयोग गरियो।

भारतकै श्रद्धा वाल्कर हत्या प्रकरणका मुख्य संदिग्ध आफताब पूनावालाले हालै नार्कोविश्लेषण परीक्षण र पोलिग्राफ झूट डिटेक्टर परीक्षणबाट गुज्रनुपरेको थियो किनभने दिल्ली पुलिसले हत्याको बारेमा उनको दाबी गलत भएकोमा शंका गरेको थियो। पछि ब्रेन म्यापिङ गरियो।

ब्रेन म्यापिङलाई कुनै पनि रासायनिक÷औषधि व्यक्तिहरूलाई सुईको आवश्यकता पर्दैन, यो पूर्णतया गैर आक्रामक परीक्षा रहेको कतिपय विज्ञले बताएका छन्।

भण्डारीले हैरान खेलाएपछि प्रहरीका लागि यो प्रविधि सहज हुने बताइएको छ। यस परिक्षणको नतिजाबारे खुलेर नबोलेको प्रहरी स्रोतले भन्यो,‘केही सहज हुन सक्ने अनुमान गरेका छौं। यसको रिजल्टसहित प्रहरीका अन्य खोजको पनि अन्वेषण गरेर निचोड निकालिनेछ।

प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  १२:४६
प्रतिक्रिया दिनुहोस्