डीएसपी जोशीमाथि अन्याय गरेको कि आन्दोलनको समर्थन गरेको महासय?

बिहीबार, असोज ११, २०८०
  • देवेन्द्रराज सुवेदी

प्रहरी नायब उपरीक्षकमाथि भएको अन्याय हो या आन्दोलनको समर्थन हो? या सहयोग महासय ?

डाक्टर पेसा त आफैंमा जनताप्रति समर्पित पेशा हो यसमा सबैको  सहमत अबश्य छ तर जति जनता डक्टरप्रति समर्पित छन् त्यति नै प्रहरीप्रति। किन हतार प्रहरी लाई चलाउन?

न्याय र अन्याय छुट्याउने त्यहि प्रहरीलाई कसरी न्याय दिलाउने?  यसको जिम्मेवारी कस्ले लिने? अरूको कमजोरी र आन्दोलनका कारण सरुवा हुने कार्यले जनताको सुरक्षा र सिंगो  प्रहरी संगठन प्रति  बिश्बास गुमाउने वतावरण बन्न सक्छ, फिल्डमा खटिने प्रहरी कर्मचारीको मनोबल यसरी बढ्ला त?

मणिपाल अस्पतालको समस्याको जिम्मेवार पनि प्रहरी..? डाक्टरहरुले अस्पताल तोडफोड गर्दा वा दुर्व्यवहार गर्ने व्यक्तिलाई कोठामा थुन्छ, प्रहरीले डाक्टरमाथि दुर्व्यवहार गर्ने व्यक्तिलाई कानुनी कार्बाही गर्न नियन्त्रणमा लैजान्छु भन्दा उल्टै रोक्न खोज्ने डाक्टर साबहरु अनि फेरि दुर्व्यवहारको न्याय खोज्दै सड़कमा..? कस्तो न्यायको गुहार हो ?

382276908_638449978426275_388141864300865295_n1695901627.jpg

अस्पतालको समस्यामा कानुन कार्यान्वयनको दौरानमा  जिल्ला प्रहरी कार्यालय कास्की अन्तर्गत वडा प्रहरी कार्यालय बैदामका प्रमुख बेद जोशी को काज सरूवाले कस्को मनोबल उच्च होला र ?

आन्दोलन त यहाँ मास्टर देखी डक्टरहरू देश व्यापी चलेकै छ मात्र प्रहरीलाई छुट छैन, अरुले त जे गरेनी हुने देशमा आन्दोलनलाई बार्ताको मार्ग र समाधानको मार्ग कोर्ने नेपाल प्रहरी सधै आगाडी नै हुन्छ तर यहि संगठनका कर्मचारीहरू र अफिसरहरुले किन अन्याय पर्ने नि ?

गलत आचरण त प्रहरीमा पनि देखिँदै आएको त्यस्तै डाक्टरहरूको लापर्बाही पनि सुनिदै आएको छ । तर पेशागत मर्यादा त बराबर हुनुपर्ने हो। चाहे डाक्टर साप या डिएसपी साप या अहिलेका मास्टर सापहरू नै किन नहुन। पेसा कुनै गलत हुदैन तर पेसामा कार्यरतहरुको आचरण कारण सिंगो संगठन बदनाम हुनसक्छ।

बैदाम डिएसपी किन बगर जाँदा कारबाही? बगरमा प्रहरी प्रमुखलाइ के? शान्त सालीन र कानुन कार्यन्वयनमा कठोर एक व्यवसायीक अफिसरमाथि अन्याय भएकै छ। 

के प्रहरीलाई कार्बाही र सरुवा गर्दैमा सामाधान होला र ? दोष र जोश अरूको चोट चाहिँ असल प्रहरी लाई वा राम्रोलाई भन्दा हाम्रो लाई प्रसय दिने हाम्रो प्रणाली. ? समयमै चेतना होस..!

प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  १७:२९
प्रतिक्रिया दिनुहोस्