Nic Ad Nic Ad
Nic Ad Nic Ad

खुकुरी प्रहारबाट एक महिलाको मृत्यु, २ जना घाइते

शनिबार, असोज ६, २०८०

दाङ । दाङको तुलसीपुरमा खुकुरी प्रहारबाट एक जनाको मृत्यु भएको छ । अन्य दुईजना घाइते भएका छन् ।

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका- ११ बेलटाकुराकी भगवती टोलकी अन्दाजी ४३ वर्षीया रीता लामिछाने रहेकी छन् । शनिबार दिउँसो साढे २ बजे स्थानीय टेकबहादुर हमालको खुकुरी प्रहारबाट उनको मृत्यु भएको प्रहरीले जनाएको छ । आफ्नै घर अगाडि रहेका बेला लामिछानेमाथि खुकुरी प्रहार भएको र घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवराज केसीले जानकारी दिए ।

त्यस्तै खुकुरी रहारबाट सोही ठाउँका ४५ वर्षीय वीरबहादुर हमाल र ६५ वर्षीय कमलाकुमारी हमाल घाइते भएका छन् । उनीहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

खुकुरी प्रहार गर्ने टेकबहादुरलाई घरभित्र लुकिरहेको अवस्थामा खुकुरीसहित प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति: शनिबार, असोज ६, २०८०  १७:४१
प्रतिक्रिया दिनुहोस्