गैरीगाउँ हत्या प्रकरण

गैरीगाउँमा चार जना हत्या गर्ने भण्डारी सिरियल किलर हुन त? के भन्छन् प्रहरीका उच्च अधिकारी?

शनिबार, असोज ६, २०८०

काठमाडौंगएको शुक्रबार काठमाडौंको गैरीगाउँमा चार जनाको हत्या गर्ने सिन्धुपाल्चोक बाह्रबिसेका २३ बर्षिय फरक क्षमता भएका सञ्जय भण्डारी सिरियल किलर भएको नयाँ चर्चा सतहमा आएको छ।

आइतबार प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी परिसरको हिरासतमा रहेका भण्डारीमाथि थप अनुसन्धान जारी छ। सोही क्रममा उनले अन्य हत्या गरेको विषय एकाएक चर्चामा आएको छ।

नवीन राई, कुमार भुजेल, सुभद्रा भुजेल अम्बिका भुजेलको हत्या भण्डारीले गरेका थिए।

प्रहरीले दोभाषेको सहयोगमा लेख्न लगाएर सोधपुछ गरिरहेको छ। सोधपुछको क्रममा प्रहरी सामु भण्डारीले अरु व्यक्तिको समेत हत्या गरेको दाबी गरेको चर्चा चल्यो।

नक्सालस्थित भाटभटेनी, धुम्बाराही रातोपुलमा पनि हत्या गरेको बताएको चर्चा चल्यो। सञ्जयसिरियल किलर हुनसक्ने आशङ्कामा प्रहरीले थप अनुसन्धान थालेको बताइन्छ।   

ब्रेल लिपिको माध्यमबाट उनले १२ कक्षासम्म नक्सालस्थित बालमन्दिर पढेका छन्।

भण्डारीबारे आएको नयाँ चर्चा के हो ? जिल्ला प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरिक्षक (एसपी) कुमुद ढुंगेलले अहिलेसम्म त्यस्तो केही नखुलेको बताए। उनले भने,‘यो हल्ला कसरी भयो थाहा छैन, तर अहिलेसम्म त्यस्तो खुलेको छैन।

उपत्यका प्रहरी कार्यालय रानीपोखरी प्रमुख प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) दीपक थापाले भने सबै कोणबाट अनुसन्धान हुने प्रतिक्रिया दिए तर उनी सिरियल किलर भएको या अन्य हत्या गरेको विषयमा प्रहरी अनुसन्धानमा खुलीनसकेको बताए।

प्रकाशित मिति: शनिबार, असोज ६, २०८०  १५:०१
प्रतिक्रिया दिनुहोस्