Nic Ad Nic Ad
Nic Ad Nic Ad
गैरीगाउँ हत्या प्रकरण

सीसीटिभी नभए पक्राउ गर्न मुस्किल हुन्थ्यो चार जनाका हत्या अभियुक्त सञ्जय भण्डारी

सोमबार, असोज १, २०८०

काठमाडौंगैरी गाउँस्थित दिव्या सःमिलमा चार जनाको हत्या गर्ने अभियुक्त सञ्जय भण्डारी मानसिक रुपमा नै विक्षिप्त रहेको प्रारम्भिक निचोड निकालिएको छ। भण्डारीलाई प्रहरीले ३६ घन्टाभित्र पक्राउ गरी सार्वजनिक गर्नका लागि सीसीटिभी फुटेजको ठूलो सहयोग भएको प्रहरीका उच्च अधिकारीले बताएका छन्।

सीसीटिभी फुटेज प्राप्त नभएको भए त भण्डारीलाई पक्राउ गर्न सजिलो हुने थिएन, निक्कै रणनीतिक हिसाबले हत्या गरेको पाइएको छ, प्रहरी उच्च स्रोतले भन्यो,‘अहिले त उनी आफैंले हत्या गरेको स्वीकार गरिसकेका छन्।

उक्त सःमिलमा काम गर्ने नवीन राईसँगको रिसिईवीका कारण हत्या गरेको भण्डारीले बयान दिएका छन्। बोल्न नसक्ने अवस्थाका भण्डारीसँग दोभासेको सहयोगमा बयान लिइएको थियो।

खास दुश्मनी राईसँग, अनाहकमा मारिए अन्य ३

भण्डारीको खास दुश्मनी धनकुटा भिरगाउँ गाउँपालिका२ घर भएका १९ वर्षीय नविन राईसँग रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले खुलाएको छ।

प्रहरीले सुरुमा दीपेन्द्र राई भन्नेमाथि आशंका गरेको थियो। तर सीसीटिभी फुटेज हेरेपछि अनुसन्धान भण्डारीतिर मोडिएको हो। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका९ घर भएका २३ वर्षीय भण्डारीसँग उक्त हत्याकाण्डका विषयमा सबै कोणको बयान सकिएपछि प्रहरीले सार्वजनिक गरेको थियो। उपत्यका अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) सोमेन्द्रसिंह राठौरले भने,‘एक महिनाअघिको घटनाको बदला लिनका लागि हत्या गरेको भन्ने बयानमा खुलेको छ।

नक्सालमा ब्रेल लिपिको माध्यमबाट भण्डारीले १२ कक्षासम्मको पढाई पुरा गरेका छन्।

राईको हत्यापछि भण्डारीले ७६ वर्षीया सुभद्रा भुजेल, उनका छोरा ५६ वर्षीय कुमार भुजेल र कुमारकी पत्नी ५० वर्षीया अम्बिकाको हत्या गरेका थिए।

हत्या गरेर उनले शुभद्राको शव सःमिलको गोदाम छेउमा, कुमारको शव शौचालय छेउमा र अम्बिकाको शव कल नजिकै घिसार्दै लगेर व्यवस्थापन गरेको आरोपितले स्वीकारेका छन् ।

राति ९ बजेर ४५ मिनेट र १० बजेर १५ मिनेटमा चार जनाको हत्या गरेपछि भण्डारी काँडाघारीस्थित दिदि भिनाजुको घर पुगेका थिए।

एक महिनाअघि आफूलाई ठक्कर दिने मोटरसाइकल चालक नवीन राई काम गर्ने सःमिल आउने जाने क्रममा भण्डारीले रेकी गर्न थाले।

नक्साल पढ्न जाँदा र आउँदा भण्डारी रेकी गर्दथे। त्यसदिन उनी चाबहिलमा भएको दुर्घटनाबारे एकपटक कुरा गर्छु, नभए खुकुरीले हान्छु भनेर काँडाघारीबाट अठोट गरेरै निस्किएको बयान भण्डारीले प्रहरीसमक्ष दिएका छन्।

यता प्रारम्भिक अनुसन्धानका क्रममा नियन्त्रणमा राखिएका दीपेन्द्र राईलाई भने महाशाखाले छाडेको छ।

प्रकाशित मिति: सोमबार, असोज १, २०८०  १५:२८
प्रतिक्रिया दिनुहोस्