सुन तस्करी प्रकरण

माओवादीका नयाँ युवराज दिपेश पुनः पनि सुनकाण्डमा जोडिए! सीआईबीको हिट लिस्टमा

शनिबार, भदौ १६, २०८०

काठमाडौं माओवादीका नयाँ युवराज भनेर चिनिने अनेरास्ववियु क्रान्तिकारीका विवादीत महासचिव तथा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनःका छोरा दिपेश ६० किलो सुन तस्करी प्रकरणमा अनुसन्धानको दायरामा तानिएका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनको संलग्नता र सरोकारका विषयमा खोजीनीति गरिरहेको स्रोतले दाबी गरेको छ। दाबा छिरिङ भनिने सुनकाण्डका अभियुक्तसँगको सम्बन्धका कारण उनको खोजीनीति सुरु भएको हो।

होटल भियानाका मालिक बेल्जियन नागरिक दावा छिरिङको सम्बन्ध रहेको तथ्य यस अघि नै प्रहरीले पत्ता लगाइसकेको थियो। सुन प्रकरण बाहिरिएसँग पूर्व उपराष्ट्रपति पुनको परिवारसँगै दावाको तस्बीर पनि सामाजिक संजालमा भाइरल भएको थियो।

दावा छिरिङमार्फत तस्करीमा उनको संलग्नताबारे प्रहरीले अनुसन्धान सुरु गरेको बताइन्छ। दिपेशको संलग्नताको शंकास्पद विवरण सीआईबीको हातमा परेको दाबी गरिन्छ।

चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङ र तिब्बती मूलका भारतीय नागरिक थुप्तेन छिरिङ लामाको नेपाली र भारतीय सुन कारोबारी तथा नेपाली नेताहरूसँगको सम्बन्धबारे अनुसन्धान सुरु गरेको सीआईबी स्रोतले जनाएको छ।

राजस्व अनुसन्धान विभागले साउन ३ मा ६० किलो सुन बरामद गरेपछि र होटल भियानामा छापा मार्नु केही दिनअघि मात्रै अमला रोका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनको घरमा पुगेर खाना खाएको भिडिओ सामाजिक सञ्जालमा आएको थियो।

दिपेश यसै पनि विवादमा रहेका पात्र हुन्। प्रहरी सरुवा बढुवादेखि ठेक्कापट्टा मिलाउनेसम्मको काममा उनको नाम जोडिँदै आएको छ।

प्रकाशित मिति: शनिबार, भदौ १६, २०८०  १३:३५
प्रतिक्रिया दिनुहोस्