रिलिजनका नाममा बेलायती साम्राज्यले गरेको धर्मको गलत व्याख्या

बिहीबार, भदौ १४, २०८०
  • डा‍. युवराज संग्रौला 

सबैभन्दा ठूलो भुल त "धर्म" को अनुवाद "रिलिजन" गरिदिए। भारतमा कोलोनियल शासन चलाइरहेको ब्रिटिस साम्राज्यवाद दक्षिण एसियाको संस्कृति र सभ्यता समाप्त गर्न चाहथ्यो।

१. दर्शन, कर्तव्य, ज्ञान, बिज्ञान जनाउने "धर्म" लाई जेम्स, मुलर, मकाउले, मिल आदिले "रिलिजन" बनाइदिए। उनीहरुको रिलिजन ल्याटिन शब्द "लिगारे", एकल भगवान भक्तिबाट आएको थियो। क्रिश्चियन रिलिजन एकल भगवानबाट आएको थियो।

२. चर्चले आफुलाइ सबैभन्दा माथिल्लो शक्ति मान्यो। तर बौद्धिक उत्थानको युग शुरु भएपछि,युरोपेली राज्यले चर्चको अधीन अस्विकार गरे। यहीं जन्म्यो "रिलिजन र राजनीति वा राज्य र चर्चको" पृथकता। "यो पृथकताको अवधारणा हो "सेकुलारिजम" वा "निरपेक्षता।" यसलाई नेपालमा संविधान निर्माण गर्दा "धर्म निरपेक्षता" बनाइदिए।

३. रिलिजनको अर्थ हाम्रो समाजमा कर्मकाण्ड व भगवान भक्ति हुन्छ। "धर्म शब्द" आफैमा निरपेक्ष हो। हाम्रो जीवन र जगतबारेको दर्शन समाप्त गरेर जातीयता निर्माण गर्न यो बौद्धिक जालसाज गरिएको थियो।

हाम्रो रैथाने जीवन दर्शनको विकास वैदिक सनातन धर्म, बौद्ध धर्म र किराँत धर्मका रुपमा विकसित छ। नेपालले बोकेको जीवन दर्शनको नाम "हिन्दु" होइन, वैदिक हो। यो दर्शनले "चराचर" अर्थात् हरेक वस्तुको समानताको कुरा गर्छ ।

१. भगवत गीता र सांख्या दर्शनमा "प्रकृति (स्थुल वस्तु) र पुरुषको उल्लेख छ। मानिस आमाको मासु र रगत अनि बाबुको सुक्रकिट लिएर जन्मन्छ। अर्थात् हरेक लोग्नेमानिस आफैमा महिला र हरेक नारी आफैमा पुरुष हो। दुवैको दिमाग एकै हो।

२. मानिस बिचको भेदभाव वेदको उपज होइन, सामन्तवादी समाजशास्त्रको हो।

आज समाजमा गेरु बस्त्र भनिने हिन्दु र गाई खाने भनिएका मानिसबीचको द्वन्द्व मोदीले राजनीतिमा एकाधिकार कायम गर्न निर्माण गरेको झुठो रास्ट्र्वाद र पश्चिमाको रिलीजन परिवर्तनद्वारा साम्राज्य कायम गर्ने राजनीतिको फल हो।

३. नेपालको पहाडी भुभागमा गाई "दुधद्वारा मानिसलाई" प्रोटिन र क्याल्सियम प्रदान गर्ने साधनको रुपमा गाइलाइ आमाको रुपमा पुजा गर्न थालियो। यो नेपाली संस्कृति बन्यो। यो साझा संस्कृति बन्यो। गाई काट्ने अहिलेको आन्दोलन र गाई भगवान् हो भनी प्रतिरोध गर्ने खेलका पछाडि नेपाली देशभक्ति माथि प्रहार गर्ने खेल छ। द्वन्द चलाउनेहरुको योजना छ।

हामिले निर्माण गर्ने सद्भाव र सहिष्णुता हो। रास्ट्रलाई द्वन्द्वमा धकेलेर राष्ट्रको गला नघोट।

 

( डा. युवराज संग्रौलाको फेसबुक वालबाट । पूर्व महान्यायाधिवक्ता डा. संग्रौला अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक हुन् ।)

प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८०  १३:२७
प्रतिक्रिया दिनुहोस्