Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपालको अस्कर कमिटीले माग्यो चलचित्र

मंगलबार, भदौ १२, २०८०

काठमाडौँ– एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सेस (अस्कर अवार्ड) को ९६औँ संस्करणमा अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा सहभागिताका लागि नेपालस्थित कमिटीले आह्वान गरेको छ । 

आउँदो वर्ष सन् २०२४ मा अमेरिकास्थित लस एन्जलसमा हुने भनिएको अवार्डका लागि नेपालस्थित कमिटीमा भदौ २९ सम्म दर्ता भइसक्नुपर्ने सचिव चिरञ्जीवी गुरागाईंले जानकारी दिए । 

उनले भने, “प्राप्त चलचित्रलाई हेरेपछि हामीले एउटालाई असोज १ गतेसम्म अस्करमा पठाउँछौँ । कमिटीले तयार गरेको मापदण्डमा नेपालको मौलिकता झल्किने चलचित्रलाई सिफारिस गर्ने गरिएको छ ।”  

मापदण्डानुसार तोकिएको मितिभित्र प्रदर्शन भएको हुनुपर्ने, केन्द्रीय चलचित्र जाँच समितिबाट पास भएको हुनुपर्ने, चलचित्र भवनमा कम्तीमा सात दिन प्रदर्शन भएको हुनुपर्ने वा मान्यताप्राप्त ओटीटीमा प्रदर्शन भएको हुनुपर्ने छ । कमिटीले जारी गरेको व्यक्तव्यमा डिसेम्बर १, २०२२ देखि अक्टोबर ३१, २०२३ सम्म प्रदर्शन भएका चलचित्रले प्रतिस्पर्धामा सहभागी हुन पाउने छन् । –रासस

प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  २१:३८
प्रतिक्रिया दिनुहोस्