ज्ञानेन्द्र–पारस प्रेमको नयाँ झझल्को, के निर्मल निवासको निषेधाज्ञा खारेज भयो?

शनिबार, भदौ ९, २०८०

काठमाडौंपूर्वराजा ज्ञानेन्द्र शाह र छोरा पारस शाहबीच प्रेमिल सम्बन्धको नयाँ झझल्को दिने तस्बिर सार्वजनिक भएको छ। पारस शाहले सामाजिक सञ्जालमा उक्त तस्बिर सार्वजनिक गरेका छन्।

लामो समयसम्म सम्बन्ध चिसिए पनि कतिपय पारिवारिक कार्यक्रममा सँगै देखिने बाबुछोरा एकसाथ देखिएका थिएनन्। पारसले नै सामिप्यको तस्बिर सार्वजनिक गरेपछि भने सम्बन्धमा केही सुधार भएको पुष्टि हुन्छ।

कस्तो थियो पहिला सम्बन्ध ?

पारस शाहलाई निर्मल निवास भित्राउन उनका बालसखा राजु सिंह बैंकक पुगेका बेला पूर्वराजा ज्ञानेन्द्रले पारस निकट व्यक्तिहरुलाई समेत निर्मल निवासमा प्रवेश निषेध गरेका थिए।

निर्मल निवासनिकट स्रोतका अनुसार पारसलाई नेपाल ल्याउन र उनको आडमा राजनीति गर्न खोज्नेहरुलाई पूर्वराजाका साथै पारसकी पत्नी पूर्वयुवराज्ञी हिमानीले रुचाउन छाडेको चर्चा हुन्थ्यो।

नेपाल आएपछि पनि निर्मलनिवासमा प्रवेश नपाएका उनी बिजुलीबजारमा रहेको एउटा अपार्टमेन्टमा बस्थे। त्यसपछि फिरन्ते शैलीमा देखिएका पारस पोखरातिर बस्न थाले।

पारसलाई निर्मल निवासमा स्वागत गर्न उनका बाबु आमा र श्रीमती समेत चाहँदैन थिए। यहाँसम्मकी पारसलाई निर्मल निवासमा देख्न चाहने किशोरी महतो, जगत गौचन, सुनिल खड्का, राजु सिंहहरुलाई समेत निषेध गरिएको थियो।

तर पछिल्लो समय पारसलाई हृदयघात भएपछि ज्ञानेन्द्रले केही चासो दिएको बताइन्छ। लगत्तै श्रीमति हिमानी शाहसँग पनि नजिक भएका तस्बिर सार्वजनिक भएका थिए।

दरबारनिकट स्रोतले भन्यो,‘अहिले सम्बन्धमा काफी सुधार आएको छ। निर्मल निवासमा प्रवेश पाउने सम्भावना रहेको छ।

प्रकाशित मिति: शनिबार, भदौ ९, २०८०  १२:२९
प्रतिक्रिया दिनुहोस्