चलचित्र ‘लाइटर’ निर्माण घोषणा, पोस्टर सार्वजनिक

सोमबार, भदौ ४, २०८०

काठमाडौँ– राजु गिरी र सरोज खनालको निर्देशनमा चलचित्र ‘लाइटर’ निर्माण हुने भएको छ । फिल्मको निर्माण टिमले सोमबार एक थिम पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरिएको हो ।

खनाल एसके प्रोडक्सनको व्यानरमा निर्माण हुने फिल्मको अहिले धमाधम प्रि–प्रोडक्सनको काम भैरहेको छ । मंसिर दोस्रो साताबाट फ्लोमा जाने फिल्मका लागि अहिले कलाकार छनोटको काम भैरहेको छ । केही दिनमा फिल्मको मुख्य कलाकार र प्राविधिक टिम सार्वजनिक गर्ने तयारी निर्माण टिमको छ ।

निर्माता सरोज खनाल निर्देशक गिरीसँग मिलेर निर्देशनमा समेत डेव्यु गर्दैछन् । अष्ट्रेलियामा बस्ने खनालले त्यहाँ एक दशक लामो समयदेखि मेलवर्नमा एसके फ्रेस प्रालीको सञ्चालन गर्दै आएका छन् । उनी व्यवसायका अलवा समाजसेवामा समेत सक्रिय छन् ।

देवेन्द्र खनाल निर्माता रहेको फिल्ममा मेघनाथ खनाल, बलराम बिष्ट, रचना केसी, सुमन गिरी, विजय विराज खत्री,तुलसा खनाल र रेमन्त वली सह निर्माताको रुपमा रहेका छन् ।

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  २०:३३
प्रतिक्रिया दिनुहोस्