तीन दिनदेखि घटेको नेप्से बढ्यो

बिहीबार, साउन ३२, २०८०

काठमाडौँ - तीन कारोबार दिन घटेको नेप्से परिसूचक साताको अन्तिम कारोबार दिन बिहिबार ८.०१ अंक बढेर २०३३.१३ विन्दुमा पुगेको छ। आज नेप्से परिसूचकसँगै सेन्सेटिभ इण्डेक्स १.०८ अंक, फ्लोट इण्डेक्स ०.६० अंक र सेन्सेटिभ इण्डेक्स ०.४७ अंक बढेका छन् ।

नेप्से बढे पनि बिहीबार कारोबार रकम भने घटेको छ। बुधबार १ अर्ब ६७ करोडको शेयर खरिदबिक्री भएको बजारमा आज २७१ स्टकको ४३ हजार ५९१ पटकको कारोबारमा १ अर्ब ५४ करोड १३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

आज सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को इकाई सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। लिबर्टी इनर्जीको शेयरमूल्य ९.७४ प्रतिशत बढेको छ भने अप्पर सांगे हाइड्रोपावरको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ।

कारोबारमा आएको लिबर्टी इक्विटी फण्डको इकाईमूल्य सर्वाधिक ७.४३ प्रतिशत घटेको छ। अन्य स्टकहरुको मूल्य गिरावट दर भने ५ प्रतिशतभन्दा कम रहेको छ।

कारोबार रकमका आधारमा सोल्टी होटल शीर्ष स्थानमा रह्यो । सोल्टीको आज साढे १३ करोडभन्दा बढीको शेयर कारोबार भयो । आइएमई लाइफ इन्स्योरेन्सको करिब ८ करोडको शेयर खरिदबिक्री भएको छ भने घोराही सिमेन्टको ५ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये यस दिन १ उपसमूहको परिसूचक घटेको छ भने बाँकी १२ उपसमूहको परिसूचक बढ्या्े । आज व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.५३ प्रतिशत बढेको छ। त्यस्तै, होटल तथा पर्यटन उपसमूहको परिसूचक २ प्रतिशत बढेको छ। अन्य उपसमूहका परिसूचकको वृद्धिदर भने १ प्रतिशतभन्दा कम छ। कारोबारमा आएको म्युचुअल फण्ड उपसमूहको परिसूचक आज ०.२३ प्रतिशत घट्यो ।

प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  १७:२८
प्रतिक्रिया दिनुहोस्