Nic Ad Nic Ad
Nic Ad Nic Ad

निकोला चाउसेस्कुको बाटोमा प्रचण्ड, कुन ‘वाद’तिर लम्किँदैछन्?

बिहीबार, साउन १८, २०८०

काठमाडौंनेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि केन्द्रीय समितिको बैठकमा प्रश्न उठाउने हिम्मतवाला नेता जन्मिएका छन्।

माओवादी भनेकै प्रचण्ड मान्नेहरूका लागि यो दुखद खबर भए पनि पार्टी, संगठन र पद्दती पक्षपोषकले भने यसको प्रशंशा गरेका छन्। माओवादी केन्द्रको चौथो पूर्ण बैठक कमलादीस्थित प्रज्ञा भवनमा चलिरहेको छ।

अहिले दुई जना यस्ता हिम्मतवाला देखिएका छन्लक्ष्मण पन्त र ओम शर्मा। प्रचण्डको परिवारवादी चिन्तनको उनीहरुले खुलेर प्रश्न गरे। समान प्रश्न थियोछोरीलाई किन स्वकीय सचिव बनाएको?

प्रचण्डमाथि उठेका प्रश्न र उनका राजनीतिक गतिविधिले रोमानियाका कुनै बेलाका प्रमुख निकोला चाउसेस्कुको लय समातिरहेको प्रतीत हुन्छ।

को हुन् उनी, कसरी उदय भयो? केही चर्चा गरौं र प्रचण्डको राजनीतिक गतिविधि कसरी समान भयो, तुलना गरौं।

गेओर्गिउदेजको मृत्युको तीन दिनपछि २२ मार्च १९६५ मा चाउसेस्कु राजनीतिक दलको महासचिवमा निर्वाचित भए। उनले  पार्टीको नाम रोमानियन वर्कर्स पार्टीबाट फेरि रोमानियाको कम्युनिष्ट पार्टीमा परिवर्तन गरे तर देशलाई जनताको गणतन्त्रको सट्टा समाजवादी गणतन्त्र घोषणातिर लागे। त्यसअघि उनी पश्चिमा मुलुकबाट प्रभावित भएका थिए।

प्रचण्डले पनि बृहत कम्युनिस्ट पार्टी निर्माण गरेका थिए। त्यसको सिद्धान्त जनवादी गणतन्त्र ल्याउने थियो। तर, पश्चिमा शक्तिको प्रभावकै कारण उनी अहिले समाजवादी कित्तासम्म पुगिसकेका छन्। पार्टीको नाम त उनले चाउसेस्कुलाई माथ खुवाउनेगरी फेरिरहे। 

चाउसेस्कु जब शक्तिमा आए राज्यको न्यायिक प्रमुख आफ्नोे बनाए। राजनीतिक उपकरणले हजारौं विरोधीहरूलाई जेल वा मनोरोग अस्पतालमा पठाए। पार्टीभित्रका विरोधीलाई चाउसेस्कीले बिरोधी बाँकी राखेनन्। परिवारका सदस्यलाई राज्यको शक्तिको दोहन गर्न दिन तल्लिन भए।

प्रचण्डको राजनीतिक विगत र अहिले गरिरहेको काम पनि त्यस्तै भएकैले सहयात्रीहरू छुट्टिदै गए। पार्टीको सिद्धान्त र बाटो त भत्काउनुभयो, अब परिवारवादमा रमाइरहनुभएको छ’, एक केन्द्रीय सदस्य भन्छन्,‘अध्यक्ष नसुध्रिए माओवादी भन्ने पार्टी केही बर्षभित्र इतिहास बन्नेछ, क्रान्तिको कुनै अर्थ हुनेछैन।

त्यसैले पनि बैठकमा शर्माले कडा आरोपसहितको टिप्पणी गरेका थिए।

शर्माले प्रचण्डले प्रधानमन्त्री भएर गरेको राम्रो काम प्रचण्डका छोरीज्वाइँले खाइदिएको बताएका थिए। माओवादी पार्टी प्रचण्डका छोराछोरीले सिध्याएको आरोप पनि उनले लगाएका थिए।

ज्वाइँलाई रोएको भरमा मन्त्री बनाउने? जनताका छोरा छोरी संगठन बनाउन गाउँ गाउँ जाने। तपाइँका ज्वाइँ छोरी मुगुमा पार्टी बनाउन जान्छन्? म जान तयार छु। तपाइँ र माओवादी नेताहरूको सम्पत्ति छानबिन गर्न तयार हुनुहुन्छ कि हुनुहुन्न?’, शर्माले भनेका थिए।

प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  १४:४४
प्रतिक्रिया दिनुहोस्