राजनीति र अपराध

माओवादी नेताका छोराहरूको अश्वेत उठबसः यसरी चिनियाँ तस्करसँग जोडिन्छन् उनीहरू?

मंगलबार, साउन १६, २०८०

काठमाडौंनेपालको केन्द्रीय राजनीतिमा मात्र होइन, अपराधको जालोमा पनि उत्तिकै कुख्यात संलग्नता छ, चिनियाँ र भारतीयहरूको । उनीहरूले केन्द्रीय सत्तामा हावी भएका दल, तिनका नेता र नातासँग सम्बन्ध राखेर नेपाललाई ट्रान्जिट बनाउँदै आपराधिक गतिविधि र तस्करीमा बढोत्तरी दिँदै आएका अनेक उदाहरण छन्।

खासगरी नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा, उनका छोरा राहुल महरा, पूर्वउपराष्ट्रपति रहेका नन्दबहादुर पुनःका छोरा दिपेश पुनः र पूर्वमाओवादी तथा हालका एमाले उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक थापा बारम्बार कालो सम्बन्धका कारण कुख्यातीका क्रममा देखिएका छन्।

माओवादीबाट सत्ताको वरिपरि रहेका यीनै नेता र तिनका नातालाई आपराधिक र तस्करीमा संलग्न गराउने काममा चिनियाँ दुई नम्बरी धन्दाकर्ता सफल भएका कयन उदाहरण सार्वजनिक हुन थालेका छन्।  

358313555_545456897665194_2576527492741613853_n1690881527.jpg

शान्ति प्रक्रियामा आएपछि माओवादी एकाध बर्षभन्दा बढी सत्ता बाहिर छैन। सत्तामा रहेका कारणले नै शक्तिको उपयोग र दुरुपयोगमा माओवादी नेताका विवादका प्रकरण नआएका होइनन्। तर, अहिले बाबुहरूलाई उछिनेर छोराहरू चिनियाँ तस्करदेखि विवादीत व्यक्तिसँगको सघन सम्बन्धले बिख्यात हुन थालेका छन्। बाबुले गरेको क्रान्तिको फेरो होइन, शान्ति प्रक्रियामा आएछि सुरु भएको भ्रान्तिको लयमा उनीहरू नमिठोसँग जकडिएका छन्।

त्यसो त सत्ता गिराउने खेलमा ५० करोडको डिल गरेको महराको अडिओसहितका विवरण सार्वजनिक नभएका होइनन्। यसबाहेक पछिल्लो पटक एउटा अलग सुन प्रकरणमा महरा र राहुलको संलग्नताको विषय सार्वजनिक भयो। 

प्रहरीले सुन तस्करीमा संलग्न भनी खुलाएका व्यक्ति दाओजिन वाङ र कृष्णबहादुर महरा र उनका छोरा राहुल महराबीच सुन तस्करी भई आएको मितिदेखि विमानस्थल भन्सार कार्यालयले छानबिन सुरु गर्नेसम्मको समयमा १९५ पटक कुराकानी भएको पाइएको थियो। सो अवधिमा वाङले राहुललाई ६४ पटक फोन सम्पर्क गरेका छन् भने राहुलले वाङलाई १३१ पटक टेलिफोन सम्पर्क गरेको पनि पाइएको थियो।

फेरि अर्को सय किलो तस्करीको सुन प्रकरणमा जोडिएका छन्, दिपेश पुनः। यस प्रकरणका मुख्य अभियुक्त भनिएका बेल्जियमका नागरिक दावा छिरिङसँग दिपेशको बलियो उठबस रहेको प्रमाण र तस्बिर बाहिरिएका छन्। ‘ यस्तो अनेक प्रकरणमा माओवादी नेता र तिनका छोराको अवैध व्यवावसायीक नाता देखिन्छ, स्रोतले भन्यो,‘दावा त अझ दिपेशको घरमा खाना खान गएको, तस्बिर र भिडिओ लिएको अवस्थामा त कयन पटक भेटिएका छन्।

योसँगै माओवादीका उपमहासचिव बर्षमान पुनः र पूर्वसभामुख ओनसरी घर्तीसँग पनि दावा र उनकी पत्नी कमला रोकाको सम्बन्ध गहिरो रहेको चर्चा सतहमा आयो। माओवादी उपमहासचिव पुनःले आठ बर्ष अघिको तस्बिर रहेको र चरित्र हत्या भएको भन्ने टिप्पणी गरे पनि सोही समयदेखि नै तस्करीमा सक्रिय दाबासँग कसरी उनको साइनो गाँसियो भन्ने नयाँ प्रश्न खडा भएको छ।

inbound54638270060605503161690881556.jpg

उता बादलपुत्र प्रतीक भने नक्कली भुटानी शरणार्थी बनाई नेपालीलाई अमेरिका पठाउने प्रकरणका अभियुक्त हुन्। उनीविरूद्ध त पक्राउ पुर्जी नै जारी भइसकेको छ।

पैसा आउने भएपछि छोराहरुको पनि बलियो गठजोड थियो। हिजो एमाले र माओवादीको सरकार हुँदा, नेकपा सरकार हुँदा यो त्रिकुटीय जोडी सक्रिय रहेको थियो, स्रोतले भन्यो,‘प्रहरी प्रशासनदेखि अनेक सेटिङमा सक्रिय हुने गरेको स्पष्ट छ।

राजनीतिमा छोरा पुस्ताले आधुनिक युग युगान्तरमा उपयोग हुने नयाँ नीति, प्रयोगमा ध्यान दिनुपर्ने भए पनि माओवादीका छोराहरु भने विभिन्न दुई नम्बरीसँगको संगतीका कारण बदनामीको यात्रामा छन्।

प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  १५:०३
प्रतिक्रिया दिनुहोस्