शेयर बजार ३६ अङ्कले घट्यो

मंगलबार, साउन ९, २०८०


काठमाडौँ - लगातार दोस्रो दिन आज मङ्गलवार पनि शेयर बजार उच्च अङ्कले घटेको छ । हिजो साेमवार साढे २६ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज ३६ दशमलव १९ अङ्कले घटेर दुई हजार एक सय ६४ दशमलव ३१ विन्दुमा झरेको छ । 

बजार घटेकाे दिन होटल र पर्यटनबाहेक सबै समूहको शेयर ओरालो लागेको छ । आज सबैभन्दा धेरै वीपीडब्ल्यू लघुवित्तको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि किसान लघुवित्तको शेयर भने १० प्रतिशतले बढेको छ । 

आज बजारसँगै कारोबार रकम पनि घटेको छ । ७७ लाख १६ हजार कित्ता शेयर दुई अर्ब ९१ करोड सात लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सोल्टी होटलको १५ करोड २७ लाख रुपैयाँको शेयर किनबेच भएको छ । हिजो चार अर्ब ७३ करोड रुपैयाँको शेयर कारोबार भएको थियो ।

प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  १६:०२
प्रतिक्रिया दिनुहोस्