‘बादल, बर्षा बिजुली’ पुनः रेकर्ड र छायाङ्कन गरी सार्वजनिक  [भिडियो]

सोमबार, साउन १, २०८०

काठमाडौँ– १८ बर्ष पहिले बनेको चलचित्र 'कर्तव्य'मा रहेको गीत 'बादल बर्षा बिजुली' पछिल्लो समय निकै चर्चित बन्यो । छोटा भिडियोको लागि रुचिकर बनेको सञ्जाल 'टिकटक'ले यो गीतलाई पुनरुज्जीवन दिलायो ।

यो गीत 'भाईरल' भएसँगै युट्युब लगायतका विभिन्न प्लाटफर्ममा करोडौँपटक हेरिएपछि यसका सर्जकहरूले नयाँ भर्सनमा सार्वजनिक गरेका छन् ।

काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी गीतलाई पुनःरेकर्ड गरी बनाईएको म्यूजिक भिडियो सोमवार सार्वजनिक गरिएको छ । गीतको एरेन्ज पनि पुनः गरिएको छ । पुरानो गीतमा फणिन्द्र राईले एरेन्ज गरेका थिए भने नयाँमा उदयराज पौडेलले गरेका छन् ।

गायक आनन्द कार्की र गायिका प्राश्ना शाक्यले पुनः स्वर भरेका छन् । सुब्रत आचार्यले भिडियोको निर्देशन गरेका छन् । विजु पार्की र कबिता नेपालीले अभिनय गरेका छन् ।

गीत सार्वजनिक कार्यक्रममा गायक(गायिकासँगै यसका शब्द रचनाकार करुण थापा र सङ्गीतकार सचिन सिंहको पनि उपस्थिती रहेको थियो । यो गीतको अडियोको प्रतिलिपी अधिकार चलचित्रसँगै साईराम पिक्चर्सले लिएको थियो । गीतको नयाँ भिडियो भने गायक कार्कीको अफिसियल युट्युब च्यानलमा अपलोड गरिएको छ ।

कार्यक्रममा बोल्दै गायक कार्कीले बर्षौंपछि गीतलाई ब्युँताएकोमा टिकटक प्रयोगकर्तालाई धन्यवाद दिए । उनले  १८ बर्ष पहिले नै आफुले गाएको गीत अहिलेको पुस्तालाई समेत मन परेकोमा खुशी भएको बताए । गीतकार थापाले यो गीत लेख्दा लागेको समय र परिवेशको चर्चा गरे ।

गायिका शाक्यले १८ बर्ष पहिले पनि चर्चित बनेर धेरै स्टेजमा यो गीत गाएको सम्झना गर्दै पुनः चर्चामा आउँदा सपना जस्तो लागिरहेको बताईन् ।

निर्देशक आचार्यले ुकर्तव्यु चलचित्रको समयमा पनि आफुले यो गीतको प्रचार(प्रसार गरेको सम्झना गर्दै नयाँ भर्सनमा आफुले निर्देशन गर्न पाउँदा खुशी भएको बताए ।

भिडियोका सह-निर्देशक साईब्रत आचार्य हुन् भने क्रियटिभ निर्देशक जया शर्मा हुन् । उत्सव दाहालले छायाङ्कन गरेको भिडियोका सम्पादक बिजेश पौडेल हुन् । प्रोडक्शन डिजाईन दिपेन गौतम 'माईकल'ले गरेका छन् ।

यस्तो छ भिडियो

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  १८:५४
प्रतिक्रिया दिनुहोस्