आँचलले मेरो बारे त्यस्तो बोलेको अहिलेसम्म कतै सुनेको छैन : अभिनेता दयाहाङ राई

शनिबार, असार २३, २०८०

काठमाडौँ– अभिनेता दयाहाङ राईले सामाजिक सञ्जाल आए जस्तो आफूलाई अभिनेत्री आँचल शर्माले बोलेका बारे ध्यानाकर्षण भएको बताएका छन् ।

शनिबार सामाजिक सञ्जालमा लेख्दै अभिनेता राईले अभिनेत्री शर्माले सामाजिक सञ्जाल आए जस्तो त्यस्तो कहिल्यै नबोलेको भन्दै एउटा कलाकारले गर्दै नगरेको कुरा गर्यो भन्नु र बुझ्दै नबुझी गाली गर्नु दुवै चेतनशील मान्छेले गर्ने कर्म नभएको बताएका हुन् ।

‘अभिनेत्री आँचल शर्माले ‘दयाहाङ राईलाई त्यस्ले मात्र मन पराउँछ जो अशिक्षित र मूर्ख छ’ भन्दै अन्तर्वार्ता दिएको भन्दै सामाजिक सञ्जालमा राखिएको पोस्टमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ’, उनले फेसबुकमा लेखेका छन्, ‘आँचलले अहिलेसम्म मेरो बारेमा कतै पनि त्यस्तो बोलेको मैले सुनेको छैन । एउटा कलाकारले गर्दै नगरेको कुरा गर्यो भन्नु र बुझ्दै नबुझी गाली गर्नु दुवै चेतनशील मान्छेले गर्ने कर्म होइनन् ।’

सत्य तथ्य नबुझी आँचल वा जोसुकै कलाकारलाई पनि गाली गलौज नगर्न र त्यस्ता भ्रमपूर्ण सामाग्रीहरू प्रसार नगर्नु हुन सबैमा उनले आग्रह समेत गरेका छन् ।

 

प्रकाशित मिति: शनिबार, असार २३, २०८०  १९:२३
प्रतिक्रिया दिनुहोस्