अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा देखाइयो ‘गुराँस’

शनिबार, असार २३, २०८०

काठमाडौँ– नेपाली चलचित्र ‘गुराँस’ युरोपको प्रतिष्ठित महोत्सव ‘दी कार्लोभी भारी अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ मा पहिलोपटक प्रदर्शन गरिएको छ । 

चेक रिपब्लिकमा जुलाई ५ मा गरिएको प्रदर्शनीमा चर्चा बटुलेको निर्देशक सौरभ राईले जानकारी दिए । “यो हाम्रा लागि पहिलो दर्शक प्रतिक्रिया थियो, यसले हामीलाई सन्तुष्ट बनाएको छ”, उनले भने ।

सो प्रदर्शनीमा चलचित्रकी अभिनेत्री मेनुका प्रधान पनि सहभागी थिए । रङ्गमञ्चमार्फत कलाकारितामा उदाएर चलचित्रमा छुट्टै पहिचान स्थापित गर्नुभएकी अभिनेत्री प्रधानले महोत्सवमा सहभागिता जनाउनु आफ्ना लागि नयाँ अनुभव रहेको प्रतिक्रिया दिए । “यहाँ धेरैभन्दा धेरै चलचित्र हेर्ने मन छ”, उनले भने, “गुराँस पनि यहीँ हेरेँ ।” चलचित्र गुराँसमा उहाँले आमाको भूमिका निर्वाह गरेका छन् ।

नेपाल र भारतको संयुक्त प्रस्तुतिमा बनेको चलचित्रमा हराएको कुकुरको खोजीमा निस्किएकी १० वर्षीया बालिकाको आँखाबाट कथा प्रस्तुत गरिएको छ । दार्जिलिङको बदलिँदो आर्थिक र सामाजिक सम्बन्धलाई समेत प्रस्तुत गरिएको चलचित्रको लेखक निर्देशक राई नै गरेका छन् ।

चलचित्रमा तुलसी खवासले ‘गुराँस’को शीर्ष भूमिका निर्वाह गर्नुभएको छ भने खगेन्द्र लामिछाने पिताको भूमिकामा छन् ।

प्रकाशित मिति: शनिबार, असार २३, २०८०  १६:२६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गुराँसले रङ्गिँदै वनपाखा
शनिबार, असार २३, २०८०