Nic Ad Nic Ad
Nic Ad Nic Ad

चलचित्र ‘राजागञ्ज’ घोषणा

मंगलबार, असार १९, २०८०

काठमाडौँ– नेपालमा कला र व्यावसायिकताको मिश्रण भएको कमै चलचित्र बन्ने गरेको छ । अर्थात व्यावसायिकरूपमा सफल भएका चलचित्रले राम्रो समीक्षा बटुल्न सक्दैनन् भने समीक्षा बटुल्ने चलचित्रले व्यावसायिकरूपमा मुनाफा आर्जन गर्न सकिरहेका छैनन्, तर यसवर्षकै पहिलो दिन प्रदर्शन भएको चलचित्र ‘जारी’ ले समीक्षा राम्रो पाउनुका साथै व्यावसायिकरूपमा सफल पनि भयो । 

samridhi jewllers

यसैकारण पछिल्लो समय निर्माता तथा निर्देशक यस्तै चलचित्रको खोजीमा छन् । यद्यपि यसको सुरुआत ‘राजागञ्ज’ मार्फत हुँदैछ । ‘हाइवे’ र ‘सेतो सूर्य’ जस्ता चलचित्र निर्देशन गरेर नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय महोत्सवमा सहभागी गराउँदै विजेतासम्म बनाएका निर्देशक दीपक रौनियारले यसको निर्देशन गर्दै छन् । 

यस्तै, यसलाई ‘कबड्डी’ शृङ्खलाका निर्देशक रामबाबु गुरुङले निर्माण गर्दैछन् । यी दुईको सहकार्यले चलचित्रको कला र व्यापारको पक्ष बलियो हुने अपेक्षा गरिएको छ । निर्माता गुरुङले सुरुआती समयकै सङ्घर्षका साथी निर्देशक रौनियारसँग सहकार्य गर्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिए । 

उनले भने, “व्यावसायिक र कलात्मक दुवै पक्षलाई जोडेर चलचित्र निर्माण गर्दैछौँ । यो एउटा नयाँ सुरुआत र प्रयास पनि हो । हामी आफ्नो काम इमान्दार भएर गर्नेछौँ ।” 

थ्रिलर विधामा निर्माण हुने चलचित्रमा दयाहाङ राई, आशा मङ्गराती, ऋचा शर्मा, पशुपति राई, विजय बराल, गौमाया गुरुङ, निकिता चन्डक, घनश्याम मिश्रा, आरती मण्डल, पुष्पा यादवलगायतका कलाकारले अभिनय गर्नेछन् ।

rajagunj1688485114.jpg

प्रकाशित मिति: मंगलबार, असार १९, २०८०  २१:१९
प्रतिक्रिया दिनुहोस्