हेटौँडामा वृद्ध दम्पती मृत भेटिए

शनिबार, जेठ २७, २०८०

बागमती– मकवानपुरको हेटौँडामा वृद्ध दम्पती मृत भेटिएका छन् । हेटौँडा उपमहानगरपालिका–१  चाइना गेटका ७८ वर्षीय  कृष्णप्रसाद दाहाल र उनकी श्रीमती ७४ वर्षीया नन्दकुमारी दाहाल झुण्डिएको अवस्थामा फेला परेका हुन् । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका  प्रहरी नायव उपरीक्षक  टेकबहादुर कार्कीका अनुसार दुवैजना गएराति तीन तले पक्की घरको पूजा कोठामा पासो लगाइ झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । 

मृतक दम्पती कान्छो छोरा र बुहारीसँगै बस्दै आएका थिए । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । 
 

प्रकाशित मिति: शनिबार, जेठ २७, २०८०  १६:१४
प्रतिक्रिया दिनुहोस्