टीकापुर हत्याकाण्ड

रेशम चौधरीले सफाइ पाएनन्, सर्वाेच्चद्वारा जन्मकैद सदर [फैसला]

मंगलबार, जेठ २, २०८०

काठमाडौँ– रेशम चौधरीले सफाइ नपाउने भएका छन् । सर्वाेच्च अदालतले उनीमाथि लागेको जन्मकैदको फैसला सदर हुने निर्णय गरेको हो ।

टिकापुर घटनाका दोषी चौधरीलाई दिइएको जन्मकैदको सजाय सर्वाेच्च अदालतले पनि सदर गरेको हो । सर्वोच्चका न्यायाधीशद्व डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले चौधरीलाई जन्मकैदको सजाय हुने फैसला गरेको हो ।

२०७२ भदौमा कैलालीको टिकापुरमा थरुहट थारुवान आन्दोलनका क्रममा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ७ जना सुरक्षाकर्मी र एक जना नाबालकको मृत्यु हुने गरी भएको हिंसात्मक घटनाका आरोपित रेशम चौधरी जन्मकैदको सजाय काटिरहेका छन् ।

उनलाई जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलले जन्मकैदको सजाय सुनाएको थियो । उच्च अदालतको फैसलाविरुद्ध चौधरीले सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए ।

यस्तो छ सर्वोच्चको फैसला–
Resham-Chaudhary_faisala11684243804.jpg

Resham-Chaudhary_faisala21684243804.jpg

Resham-Chaudhary_faisala31684243804.jpg

Resham-Chaudhary_faisala41684243804.jpg

प्रकाशित मिति: मंगलबार, जेठ २, २०८०  १७:२७
प्रतिक्रिया दिनुहोस्