Nic Ad Nic Ad
Nic Ad Nic Ad

अखाद्य वस्तु मिसावट गरी मह उत्पादन गर्ने उद्योगी पक्राउ

सात सय बट्टा तयारी मह र ४० बाल्टिन कच्चा पदार्थ बरामद
मंगलबार, वैशाख १९, २०८०

काठमाडौँ– नेपाल प्रहरीले अखाद्य वस्तु मिसावट गरी मह उत्पादन गर्ने एकजना उद्योगीलाई पक्राउ गरेको छ ।

samridhi jewllers

प्रहरी प्रभाग बूढानीलकण्ठको टोलीले काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–२ स्थित गार्डेन अपिएरी उद्योग प्रालिमा अखाद्य वस्तु मिसावट गरी मह उत्पादन गर्ने ५७ वर्षीय पवन सत्याललाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले अखाद्य वस्तु मिसावट गरी अवैधरूपमा मह उत्पादन गरी बजारमा बेचबिखन गरिरहेको सूचनाका आधारमा सत्याललाई उद्योगबाटै पक्राउ गरिएको जानकारी दिए ।

प्रहरीले सत्यालसँग सात सय बट्टा तयारी मह र ४० बाल्टिन कच्चा पदार्थ बरामद गरेको छ । उक्त महको बजार मूल्य पाँच लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनलाई कालोबजारी तथा केही अन्य सामाजिक अपराध ऐन, २०३२ बमोजिम प्रहरी वृत्त महाराजगञ्जबाट थप अनुसन्धान भइरहेको प्रवक्ता रिजालले बर्ता ।

प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८०  २०:५५
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार