Nic Ad Nic Ad
Nic Ad Nic Ad

८.३९ अंकले घट्यो सेयर बजार, ८१ करोडमा खुम्चियो कारोबार

बुधबार, चैत २२, २०७९

काठमाडौं– साताको चौथो दिन बुधबार सेयर बजार ८.३९ प्रतिशतले बढेको छ । नेप्सेका अनुसार, बुधबार ०.४५ प्रतिशतले बढेको सेयर बजारमा २६ लाख २ हजार ९५६ कित्ता सेयर किनबेच भयो । जसबाट ८१ करोड ६० लाख ४६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

आज सेयर बजार १८७५.०७ विन्दुमा आएर रोकिएको छ । २१६ वटा सूचीकृत कम्पनीमध्ये बुधबार १४६ कम्पनीको सेयर मूल्य बढेको छ भने ६४ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । ७ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ ।

आज कालीन्चोक दर्शन लिमिटेडका लगानीकर्ताले ९.९७ प्रतिशतको नाफा बुक गरे भने सानिमा ग्रोथ फन्डले ८.०७ प्रतिशत नाफा कमायो ।

सिटीजन्स म्युचुअल फन्डले ७.१४ प्रतिशतले घाटा भएको छ । बुधबार सबैभन्दा बढी शिवम् सिमेन्ट लिमिटेडले ६ करोड ४३ लाख रुपैयाँ बराबरको सेयर कारोबार गरेको छ । सबैभन्दा बढी शिवम् सिमेन्ट लिमिटेडले नै १ लाख ५६ हजार ७०५ कित्ता र ६७६ पटक सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, चैत २२, २०७९  १६:०५
प्रतिक्रिया दिनुहोस्