‘दुई कदम’को छायांकन मुस्ताङबाट धमाधम

मंगलबार, चैत २१, २०७९

काठमाडौँ– उदय सुब्बाको निर्देशनमा निर्माण भइरहेको नेपाली चलचित्र ‘दुई कदम’को छायांकन यतिवेला धमाधम मुस्ताङमा भइरहेको छ । 

चैत्र १६ गतेबाट छायांकन सुरु भएको उक्त चलचित्रको धनकुटा, तेह्रथुम, इलाम, झापा र धरानमा पनि सुटिङ गरिने निर्माण पक्षले जनाएको छ । 

दयाराम घिमिरेको कथा रहेको लभस्टोरी चलचित्रलाई तारादेवी लिम्बूले निर्माण गरिरहेकी छिन् । अजम्बरी फिल्मस्को ब्यानरमा निर्माण भइरहको चलचित्रमा गौरव पहारी, बुद्धि तामाङ, इओन लिम्बू, सिमोन गिरी, सुनिल थापा, अर्जुन गुरुङ भंगेरी, कविता आले मगर, बिमला लिम्बू, चन्दा दाहाल, जीवन लिम्बू लगायतका कलाकारको अभिनय रहनेछ । 

No description available.

विक्रम डिसीको छायांकन रहने सिनेमामा ताराप्रकाश लिम्बू र विकास चौधरीको संगीत, राजु किरातीको द्धन्द्व निर्देशन तथा रामजी लामिछानेको नृत्य निर्देशन छ । 

भदौलाई प्रदर्शन लक्ष्य बनाएर चलचित्रको छायांकन भइरहेको निर्माण पक्षले जनाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, चैत २१, २०७९  १३:०६
प्रतिक्रिया दिनुहोस्