सुँगुर र काउलीका मुर्ती बनाउन व्यस्त सिंहदरबारहरुले देखेनन् मिटरव्याज पीडितका दुःख

बुधबार, चैत १५, २०७९

काठमाडौको खुल्लामञ्च हरेक व्यक्ति तथा नागरिकले खुल्ला विचार प्रवाह गर्ने स्थानको रुपमा परिचित छ । हरेक नागरिक आफ्नो असन्तुष्टी पोख्न, आफ्ना अप्ठ्यारा, पीडा, दुःख, रोदन सुनाउन अनि आफ्ना संघर्षले प्राप्त गरेका सफलताको खुसी देखाउन खुल्लामञ्चको प्रयोग गर्दै आइरहेका थिए । 

खुल्लामञ्चले देशको मात्र नभई अन्र्तराष्टिय समुदायको समेत ध्यानाकर्षण गराउँदथ्यो । बाहिर जति कराएपनि बेवास्ता गर्ने राज्यसंयन्त्रले खुल्लामञ्चलाई बेवास्ता गर्न सक्दैनथ्यो । २०४६ सालमा होस् या २०६३ सालमा होस्, खुल्लामञ्चले देशको परिवर्तन र रुपान्तरणको उद्घोष गर्यो । 

वर्षौदेखिको यही परम्परालाई अनुसरण गर्दै मिटरब्याजीबाट पीडित भएका तराई मधेशका नागरिक खुल्लामञ्चको शरणमा आइपुगेका थिए । मिटरव्याजीले घरबार उठाएर विछिप्त भएका नागरिक आफ्ना पिडा सुनाउन र दुःख विसाउन लामो यात्रा गरेर खुल्लामञ्चको गेटमा पुगेका थिए । 

स्थानीय पालिका, प्रदेश सरकार, जिल्ला प्रशासन, जिल्ला प्रहरी सबैको ढोका बन्द भए । बाध्य भएर काठमाडौमा न्याय खोज्न ११ दिनको पैदल यात्राबाट काठमाडौ पुगे । त्यहाँ रहेको खुल्लामञ्चको समेत ढोका बन्द भयो ।  

तर, उनीहरुको लागि खुल्लामञ्चको ढोका बन्द भयो । गाउँमा मिटरव्याजीले उनीहरुको ढोका बन्द गरिदिए । पिडा र रोधन सुनाउँन खोज्दा पञ्चभलाद्मीले पनि ढोका बन्द गरे । न्याय खोज्दा प्रहरी प्रशासनले ढोका बन्द गरे । स्थानीय पालिका, प्रदेश सरकार, जिल्ला प्रशासन, जिल्ला प्रहरी सबैको ढोका बन्द भए । बाध्य भएर काठमाडौमा न्याय खोज्न ११ दिनको पैदल यात्राबाट काठमाडौ पुगे । त्यहाँ रहेको खुल्लामञ्चको समेत ढोका बन्द भयो ।  

नागरिकले मिटरब्याजको कारण भोगेका दुःखका अनन्त श्रृखला छन् । बैंक तथा वित्तीय संस्थाहरु सहर केन्द्रीत हुँदा गाउँमा मिटरव्याजीको शरण पर्नुको विकल्प पनि थिएन । गाउँमा भएका सहकारी नाफाखोर बनेका छन् । यसका मालिकहरु स्वयं दुर्गम देहातमा मिटरब्याजी बनेका छन् । 

वर्षौदेखि संरचनात्मक रुपमा सिमान्तकृत बन्दै गएका विपन्न तथा निरक्षर नागरिकहरुको वित्तीय संस्थामा पहुँच हुने कुरै भएन । रोजगारीका अवसर पाउने सम्भावना नै भएन । झिसमिसेदेखि गोधुलीसम्म गधा झै घोटिदाँ पनि विहान बेलुकाको हातमुख जोर्न सक्ने अवस्था बनेन । दिनभरि हलो जोतेपनि जोतेको जमिन आफ्नो छैन । त्यसैले त सामान्य औषधी उपचार गर्नुपरेमा वा कुनै पारिवारिक कार्य आइपरेमा ऋण लिनैपर्ने अवस्था छ । त्यो पनि घरखेत बन्दकी राखेर मिटर ब्याजीसँग । 

सहरका नागरिकले सन् १९८० को दशकमा बनेका नेपाली सिनेमामा हेर्ने दृश्य तराई मधेशका नागरिक दिनदिनै भोगिरहेका छन् । यिनै गरिबका दुःखलाई देखाएर राजनीति गर्नेहरु कयौपटक सत्तामा पुगे । यिनै नागरिकका समस्यालाई देखाएर विद्रोह तथा आन्दोलन गरेकाहरु पटक पटक सत्तामा पुगे । निर्वाचनको समयमा बाहेक यस्ता नेताले ती नागरिकका पिडालाई कहिल्यै अनुभुत गरेनन् । निर्वाचनको बेलामा गरेको अनुभुति निर्वाचित भएको भोलिपल्टदेखि कहिल्यै सम्झिएनन् । एकपटक होइन पटक पटक विर्सिए ।  

राजनीतिक दलका नेताहरुले एकात्मक शासन व्यवस्था भएको कारण नागरिकका समस्या सम्बोधन गर्न नसकेको रटान सुनाइरहे । राज्यको मुलधारबाट बाहिर रहेकाहरुले पनि पनि पत्याइरहे । नेता र दलहरुले उठाएका राजनीति र परिवर्तनका ठुला ठुला मुद्दाहरु सफल बनाउन सिमान्तकृत वर्गका जनता भात पानी नभनिकन सडकमा निस्किए । दिनरात नभनी आन्दोलनमा लागे । ज्यानको माया मारेर एकात्मकसत्ताका सिपाहीसँग खाली हात लडे । एकात्मक शासनलाई ध्वस्त पारेर संघीय शासन व्यवस्था स्थापना गरे । 

सोचे, गाउँकै सरकारले केही गरि साथ र सहयोग गरेन भने नजिकैको प्रदेश सरकार कहाँ जाने हो । त्यसले सुन्छ हाम्रो पिडा र दिनेछ समस्याबाट मुक्ति । अनि संघीय सरकारका जिल्लास्तरीय प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय पनि छ । अब विगतको जस्तो अवस्था छैन । जसरी पनि न्याय पाइन्छ भन्नेमा ढुक्क बने ।  

अनि सोचे, अब हाम्रा दुःखका दिन सकिए । संविधानले स्थानीय सरकारलाई २२ किसिमका एकल अधिकार दियो । घरै नजिक सिंहदरबार आयो भन्ने ठाने । तराई मधेशका जनताको लागि नजिकैको जनकपुरमा प्रदेश सरकार आयो । सोचे, गाउँकै सरकारले केही गरि साथ र सहयोग गरेन भने नजिकैको प्रदेश सरकार कहाँ जाने हो । त्यसले सुन्छ हाम्रो पिडा र दिनेछ समस्याबाट मुक्ति । अनि संघीय सरकारका जिल्लास्तरीय प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय पनि छ । अब विगतको जस्तो अवस्था छैन । जसरी पनि न्याय पाइन्छ भन्नेमा ढुक्क बने ।  

त्यसैले आन्दोलनको जगमा बनेको संघीय शासन प्रणालीलाई संस्थागत गर्न स्थानीय, प्रदेश र संघीय तीनै तहको निर्वाचनमा उत्साहपूर्वक र उल्लासमय रुपमा मतदान गरे । तर, मतदानबाट निर्वाचित भएकाहरुले आफ्नो असली अनुहार पहिलेकै झै गरि फेरि देखाए । अर्थात, विगतको अवस्थामा केही फरक आएन । केही परिवर्तन आएन । गाउँ गाउँमा पुगेका सिंहदरबार, नेताको लागि मात्रै देखियो । गाउँका, प्रदेशका र काठमाडौंका सिंहदरबारहरु भ्युटावर, प्रवेशद्वार, सुँगुर र काउलीका मुर्ती बनाउँनमै व्यस्त रहे । आम नागरिकका पिडा, दुःख, कष्ट र अप्ठ्यारामा मलमपट्टी लगाउनेतिर ध्यानै दिएनन् ।

मिटरब्याजबाट प्रताडित नागरिक स्थानीय सरकारले त्यसमा मलमपट्टी लगाइदेला भन्नेमा थिए । तर, मिटरव्याजीहरु त्यही मिटरब्याजबाट संकलन गरेको पैसाको जगमा या त आफै नेता बने या नेतालाई आफ्नो बनाए । पालिकाका पदाधिकारी त मिटरव्याजीकै विनमा नाच्ने सर्प जस्तै देखिए । त्यसपछि उनीहरुको आशा प्रदेशमा थियो । गाउँबाट अलिकता पर भएपनि आफैले मतदान गरेर पठाएका नेताहरुले आफ्नो पिडालाई बुझ्लान र नीति बनाएरै त्यस किसिमका समस्याको समुल नष्ट गर्लान् भन्ने सोचेका थिए । 

तर, अवस्था सोचे जस्तो देखिएन । प्रदेश सरकार पनि मिटरव्याजीकै कब्जामा पुगिसकेको उनीले धेरै पछि मात्र चाल पाए । संघीय सरकारको प्रतिनिधिका रुपमा रहेको प्रहरी, प्रशासन तथा न्यायालयले पनि उनीहरुको पिडालाई बुझेन । 

एकातर्फ मिटरव्याजीले घरबार कब्जा गर्ने, अर्कोतर्फ कसैको साथ तथा सहयोग नपाएपछि मिटरव्याजबाट पीडित भएकाहरु बेसाहारा बने । घरबारविहिन भए । बालबच्चालाई समेत भोक लागेको बेलामा एकगाँस ख्वाउन नसक्ने भए । स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारका जिल्लास्तरीय निकायले उनीहरुको पिडालाई देखेको नदेख्यै गरे । 

उनीहरुले न्यायको भिख माग्दै ढोका बाहिर वेदना पोखिरहदाँ जिम्मेवार निकायका अधिकारीहरुले मुख थुने, आखा छोपे अनि कान थुनेर बसे । मिटरव्याजबाट पीडित भएकाहरुमध्ये अधिकांशलाई प्रेमप्रसाद बन्न रहर भयो । तर साना कलिला बालबच्चालाई टुहुरो बनाएर सबै मान्छे कहाँ कायर प्रेमप्रसाद बन्न सक्छन् र ? उनीहरुले पनि सकेनन् । बरु विगतको आन्दोलनले उनीहरुलाई सिकाइदिएको थियो कि एकतामा बल छ । एक्लाएक्लै लड्यो भने के हुन्छ भन्न सकिन्न । तर, संयुक्त रुपमा प्रयास गर्यो भने काठमाडौलाई पनि घुडाँ टेकाउन सकिन्छ । त्यसपछि संयुक्त रुपमा लड्ने निर्णय गरे । 

मिटरव्याजीबाट पीडित भएर काठमाडौं आएका केही देहातीहरुका लागि त चुरेको डाडा नै अजंगको सगरमाथा थियो, महाभारतको जंगल अमेजनभन्दा विशाल थियो । तर, आँट गरे । र, त्यसलाई पैदलै नाघे ।

सजिलै लडाई लड्दा सबैको ध्यान आकर्षित गर्न सकिदैन भन्ने उनीहरुको ठम्याइरह्यो । त्यसैले उनीहरुले पैदलै मधेशको देहातदेखि काठमाडौको खुल्लामञ्चसम्मको यात्रा तय गर्ने निर्णय गरे । गाडी चढेर आन्दोलन गर्नको लागि एकातर्फ पैसा थिएन, अर्कोतर्फ रहर । त्यसैले आफुले भोगेका पिडालाई पैदलै हिडेर देहातदेखि काठमाडौसम्मका सबै नागरिकलाई देखाउन चाहे । जति चिच्याउदाँ पनि नसुन्नेहरुलाई पैदलयात्रा गरेर देखाउन सकिन्छ कि भन्ठाने । 

मिटरव्याजीबाट पीडित भएर काठमाडौं आएका केही देहातीहरुका लागि त चुरेको डाडा नै अजंगको सगरमाथा थियो, महाभारतको जंगल अमेजनभन्दा विशाल थियो । तर, आँट गरे । र, त्यसलाई पैदलै नाघे । महाभारतको डाडो हुदै चन्द्रागिरीको डाडो काट्दै काठमाडौ भित्रिए । खुल्लामञ्चमा पुगेर चिच्याएर आफ्नो पिडा सुनाउन ११ दिन पैदल यात्रा गरे । खुल्लामञ्चमा पुगेर कान थुनेर बसेको राज्यलाई चिच्याएर सुनाउनु थियो । आखा चिम्लेर बसेको राज्यको आखा खोलिदिनु थियो । अनि आफुलाई प्रेमप्रसाद बन्नबाट रोक्नु थियो । 

तर, काठमाडौ अझ कठोर देखियो । खुल्लामञ्चको गेट बन्द भयो । सत्ताका सञ्चालकहरु सत्ताको अंशवण्डाको खिचातानीमा केन्द्रीत थिए । उनीहरुको पिडा के मतलब । आफैले भोट हालेर संघीय व्यवस्थापिका संसद्मा पठाएकाहरु समेत सत्ताको पाउ÷विसौलीको आशमा नजिकै मुख मिठ्याउन व्यस्त थिए । वास्तै गरेनन् । 

तर, काठमाडौ अझ कठोर देखियो । खुल्लामञ्चको गेट बन्द भयो । सत्ताका सञ्चालकहरु सत्ताको अंशवण्डाको खिचातानीमा केन्द्रीत थिए । उनीहरुको पिडा के मतलब ।

राजनीति यति निर्मम र क्रुर हुन्छ भन्ने विचरा देहातका यी निर्दोष नागरिकलाई के थाहा ? आफ्ना पुर्खाैंली पिडा र समस्याको निवारणको अपेक्षा राखे । तर राजनीति ती र त्यस्ता सवालमा प्रवेश नै गर्न चाहेन । संघ, प्रदेश र स्थानीय तीनै तहको सरकार तिनै मिटरव्याजीको स्वार्थमा फसेका छन् । राजनीति गर्नेहरुसँग मानवता छैन भन्ने उनीहरुले अहिलेसम्म पनि अन्दाजै गर्न सकेनछन् । सबैको वेवास्ताले यति बेला उनीहरुको मनमा आक्रोशको ज्वारभाटा उठेका छन् । उनीहरुको निर्दोश आखाँले राज्यलाई निरन्तर एउटा प्रश्न सोधिरहेको छ, के तिमीले फेरि अर्को आन्दोलन कुरेरहेको हो ? अनि काठमाडौका आफूलाई बुद्धिजीवी ठान्ने वर्गलाई उनीहरुको अर्को प्रश्न रहेको देखिन्छ, जीवित हुदै नागरिकका पिडाका सन्दर्भमा राज्यको ध्यानाकर्षण गर्न योगदान गर्न सक्छौ कि प्रेमप्रसाद बनिसकेपछि मात्र भावनामा बहन्छौ ? 

प्रकाशित मिति: बुधबार, चैत १५, २०७९  १०:४३
प्रतिक्रिया दिनुहोस्